×

फागुन २१ को निर्वाचन : जनविश्वासको परीक्षा भोट दिए पनि केही बदलिँदैन भन्ने सोच लोकतन्त्रका लागि खतरा

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

 

 

नेपाली राजनीति आज गहिरो विश्वासको संकटको सामना गरिरहेको छ । यो संकट कुनै एक दल, एक सरकार वा एक नेतासम्म सीमित छैन, यो समग्र राजनीतिक संस्कृतिको असफलताको प्रतिफल हो । लोकतन्त्रको मूल आधार जनविश्वास हो, तर जब राजनीतिक अभ्यास नै जनभावनाविपरीत जान थाल्छ, तब लोकतन्त्र औपचारिक संरचनामा सीमित हुन्छ ।

राजनीतिक दलहरूले बारम्बार जनताको भरोसा तोडेका छन् । चुनावका बेला गरिएका प्रतिबद्धता सत्ता प्राप्तीपछि बेवास्ता गरिन्छन् । विचार र सिद्धान्त सत्ता–समीकरणको खेलमा तिलाञ्जली दिइन्छ । सरकार गठन र विघटनको अस्थिर खेलले राज्य सञ्चालनलाई बन्धक बनाएको छ, जसको प्रत्यक्ष मार सर्वसाधारणले भोगिरहेका छन् ।

नेपाली राजनीति आज विश्वासको सबैभन्दा गहिरो खाडलमा उभिएको छ । जनताको नाममा राजनीति गर्ने भनिएका दल र नेताहरू नै जनविश्वासका सबैभन्दा ठूला हत्यारा बनेका छन् । लोकतन्त्रको मूल आत्मा जनताको विश्वास हो, तर आज त्यही विश्वास सत्ताको सौदाबाजी, अवसरवाद र आत्मकेन्द्रित राजनीतिले चकनाचुर पारेको छ ।

राजनीतिक दलहरू चुनावको बेला परिवर्तन, सुशासन र समृद्धिको मीठा नारा बाँड्छन् । तर सत्ता प्राप्त गरेपछि ती नारा कुर्सी जोगाउने हतियार मात्र बन्छन् । सिद्धान्त, विचार र प्रतिबद्धता सत्ताको गणितसँग साटिन्छ । हिजोका कट्टर विरोधी आज सत्ताका साझेदार बन्छन्, र हिजोका क्रान्तिकारी आज भ्रष्ट व्यवस्थाका रक्षक ।

भ्रष्टाचार अब अपवाद होइन, प्रणाली नै बनेको छ । ठूला घोटाला सार्वजनिक हुँदा पनि दोषीहरू कानुनी कठघरामा पुग्दैनन् । छानबिन आयोगहरू राजनीतिक दबाबमा निष्क्रिय हुन्छन् । यसले जनतालाई के सन्देश दिन्छ ?

नेतृत्वले नैतिक उदाहरण प्रस्तुत गर्नुपर्ने हो, तर यहाँ त अनैतिकता नै योग्यताको मापदण्ड बनेको छ । सम्पत्ति विवरणदेखि नातावाद, कृपावाद र सत्ता दुरुपयोगसम्म सबै खुलेआम भइरहे पनि जिम्मेवारी लिने संस्कार छैन । पदबाट राजीनामा त परै जाओस्, गल्ती स्वीकार गर्ने साहस समेत दुर्लभ छ ।

युवाहरू देशको भविष्य हुन् भनिन्छ, तर उनीहरू राजनीतिबाट सबैभन्दा बढी विमुख छन् । राजनीति सेवा होइन, फाइदाको धन्दा भएको अनुभूति युवामा गहिरिँदै गएको छ । यही कारण योग्य युवाहरू विदेश पलायन हुन बाध्य छन्, र देश नेतृत्वविहीन बन्दै गएको छ ।

जब जनताले राजनीतिक प्रणालीमाथि विश्वास गुमाउँछन्, तब लोकतन्त्र खोक्रो बन्छ । मतदान केवल औपचारिकता जस्तो लाग्न थाल्छ । ‘भोट दिए पनि केही बदलिँदैन’ भन्ने मानसिकता जनतामा फैलि नै सकेको छ । यो लोकतन्त्रका लागि खतरनाक संकेत हो ।

यही अविश्वासको संकटबीच देश फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ अघि बढिरहेको छ । निर्वाचन लोकतन्त्रको उत्सव हुनुपर्ने हो, तर आज जनतामा उत्साहभन्दा बढी शंका, आशाभन्दा बढी निराशा देखिन्छ ।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा फेरि उही पुराना नारा दोहोरिन थालेका छन् । परिवर्तन, सुशासन र समृद्धिका मीठा आश्वासन ।
विश्वास फर्काउन भाषण होइन, व्यवहार परिवर्तन चाहिन्छ । नेताहरूले नैतिक जिम्मेवारी लिनुपर्छ, भ्रष्टाचारमा शून्य सहनशीलता हुनुपर्छ ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाइनुपर्छ, नयाँ र इमानदार नेतृत्वलाई अवसर दिनुपर्छ, जनताको निगरानी र दबाब निरन्तर रहनुपर्छ ।
नेपाली राजनीतिमा विश्वासको संकट आकस्मिक होइन, लामो समयको गलत अभ्यासको परिणाम हो । यदि यही प्रवृत्ति जारी रह्यो भने जनताको निराशा जेनजी आन्दोलन जस्तै पुन आक्रोशमा बद्लिन धेरै समय लाग्ने छैन । राजनीति जनसेवाको माध्यम बन्ने कि जनविश्वासको चिहान यो निर्णय अब नेताहरूले गर्नुपर्ने बेला आएको छ ।

राजनीतिक भाषणहरू सत्यका लागि होइन, जनतालाई भ्रममा राख्न बनाइन्छन् । घोषणापत्र कागजका खोस्टा हुन्, चुनावी वाचा सत्ता चढ्ने भ¥याङ मात्र हुन भन्ने बुझाइ छ । सत्तामा पुगेपछि जनतालाई बिर्सने, असफलता ढाकछोप गर्न अर्को षड्यन्त्र रच्ने यही आजको राजनीतिक चरित्र हो भन्ने कुराका नेपाली जनता भुक्तभोगी छन् ।

आजको राजनीति विचारको संघर्ष होइन, कुर्सीको कारोबार हो । सरकार बनाउने–ढाल्ने खेल नेताहरूका लागि जुवाघर जस्तै भएको छ । संसद जनताको आवाज बोल्ने थलो होइन, सौदाबाजीको अड्डा बनेको छ । जनमतको अपमान यसभन्दा ठूलो के हुन सक्छ ?

राजनीति सुधार्ने माध्यम होइन, अपराधी बचाउने कवच बनेको छ । आपराधिक पृष्ठभूमिका व्यक्तिहरू टिकट पाउँछन्, मन्त्री बन्छन्, नीति बनाउँछन् । कानुन अब अपराधीका लागि ढाल र सर्वसाधारणका लागि हतियार बनेको छ ।

जनता मूर्ख छैनन्, केवल धैर्यवान् छन् । तर धैर्यको पनि सीमा हुन्छ । जब जनताले पूर्ण रूपमा विश्वास गुमाउँछन्, तब आन्दोलन स्वतःस्फूर्त हुन्छ, नेतृत्वविहीन तर विस्फोटक । इतिहासले देखाइसकेको छ सत्ताको घमण्ड धेरै टिक्दैन ।

अब सुधारको नाटकले काम गर्दैन । या त नेपाली राजनीतिले आत्मशुद्धीकरण गर्छ, या जनताको कठोर फैसला सामना गर्छ । जनता अब भाषण होइन, परिणाम चाहन्छ । नेता अब भगवान् होइनन्, जवाफदेही नोकर हुन् । नेपाली राजनीतिमा देखिएको विश्वासको संकट लोकतन्त्रका लागि चेतावनी मात्र होइन, अन्तिम घण्टी हो । यदि यो आवाज अझै बेवास्ता गरियो भने, राजनीति स्वयं आफ्नै अवशेषमाथि उभिन बाध्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.