×

राजनीति मेरो लागि पद होइन, सेवा हो : खड्ग फागो

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

 

नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोसँग समसामयिक राजनीति, चुनावी रणनीति, विकासका एजेन्डा र भविष्यको दृष्टिबारे पत्रकार तेजन खड्काले नेपाल न्यूज बैंकका लागि कुराकानी गरेका छन् ।

विस्तृत कुराकानी :
चुनावी तयारी कस्तो चरणमा छ ?
चुनाव सामान्य राजनीतिक गतिविधि मात्रै होइन, यो जनतासँग आत्मीय संवाद गर्ने अवसर पनि हो । अहिले म संगठन सुदृढीकरण, कार्यकर्तासँग छलफल र मतदाताका अपेक्षा बुझ्न केन्द्रित छु । मोरङ–१ का सबै पालिका र वडाका समस्या नजिकबाट बुझ्ने प्रयास गरिरहेको छु ।
यसपटक तपाईंको मुख्य चुनावी एजेन्डा के हो ?

समग्र विकास तर विकास भन्नाले केवल सडक वा भवन मात्र होइन । सुशासन, पारदर्शिता, जवाफदेही राजनीति, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना र आर्थिक गतिविधिको विस्तार सबै समेटिन्छन्। दीर्घकालीन सोच बिना गरिएको विकासले समाजलाई अगाडि लैजान सक्दैन ।
पूर्व जनप्रतिनिधिको अनुभवले अहिलेको राजनीतिमा कस्तो भूमिका खेलिरहेको छ ?

अनुभवले मलाई व्यवहारिक बनाएको छ । नीति कागजमा राम्रो देखिन सक्छ, तर कार्यान्वयन कति कठिन हुन्छ भन्ने कुरा स्थानीय तहमा काम गर्दा बुझेको हुँ । जनताको समस्या सुन्ने, सहन गर्ने र समाधान खोज्ने धैर्य अनुभवबाटै आउँदो रहेछ ।

कोरोना महामारीको समय तपाईंको राजनीतिक यात्रामा निर्णायक बन्यो भनिन्छ । त्यो समयलाई कसरी सम्झनुहुन्छ ?
त्यो समय मेरो जीवनकै सबैभन्दा कठिन र अर्थपूर्ण समय थियो । लकडाउनका बेला लौरो टेक्दै घर–घर पुग्यौँ । ३३ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न, औषधि र पोषणयुक्त आहार वितरण गरियो । त्यो कुनै नारा वा प्रचारका लागि होइन, जनप्रतिनिधिको जिम्मेवारी ठानेर गरिएको काम हो।
त्यो समयमा तपाईंविरुद्ध मुद्दा पनि पर्यो, त्यसले तपाईंलाई कति असर ग¥यो ?

तीन दर्जनजति मुद्दा लागे । राजनीतिक रूपमा असर त पर्यो, तर म जनताको सेवाबाट विचलित भइँन् । तीन वर्षसम्म निरन्तर जनताकै पक्षमा उभिएर इमानदारीपूर्वक काम गरें । इतिहासले अन्ततः सत्यको मूल्याङ्कन गर्छ भन्ने विश्वास छ ।

उर्लाबारी नगरपालिकामा रहँदा तपाईंले गरेका मुख्य कामहरू के–के हुन् ?
नगरपालिकाको संस्थागत संरचना निर्माण, वडागत सन्तुलित विकास, सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, विश्व बैंकका कार्यक्रम कार्यान्वयन, इलाका प्रशासन कार्यालय स्थापना, साथै ५४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण महत्वपूर्ण उपलब्धि हुन् । यी आधारभूत संरचनाले स्थानीय शासनलाई बलियो बनाएको छ ।

अब प्रतिनिधिसभामा पुगेपछि प्राथमिकता के हुनेछ ?
कानुन निर्माण नै हो । राम्रो कानुन बिना राम्रो शासन सम्भव हुँदैन । विधि–विधान सुदृढीकरण, शिक्षा र स्वास्थ्य प्रणाली सुधार, उद्योग–व्यवसाय प्रवद्र्धन, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्छु ।

मोरङ–१ का प्रमुख समस्या के देख्नुहुन्छ ?
युवाको रोजगारी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र व्यवस्थित शहरी विकास। कृषिमा आधुनिकीकरण र बजार पहुँच पनि ठूलो मुद्दा हो । यी सबैलाई एक–आपसमा जोडेर समाधान खोज्नुपर्छ ।

पार्टीभित्रको गुटबन्दीले चुनावी अभियानलाई असर गर्दैन ?
गुटबन्दीले कार्यकर्ता कमजोर बनाउँछ । त्यसैले सल्लाह, समन्वय र सहकार्य मेरो प्राथमिकता हो । जित व्यक्तिगत विषय होइन, सामूहिक प्रयासको नतिजा हो भन्नेमा म स्पष्ट छु ।

यसपटकको प्रचारशैली कस्तो हुनेछ ?
तडक–भडक होइन, प्रत्यक्ष संवादमा केन्द्रीत हुनेछु । म राजनीतिमा ढाँट्न जान्दिन । कर, जिम्मेवारी र इमानदारीका साथ काम गर्नु नै मेरो शैली हो । जनताले मेरो काम बोलेको देख्नुभएको छ ।

नेपाली कांग्रेसको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
कांग्रेस रूपान्तरणको प्रक्रियामा छ । संगठनात्मक सुधार, नयाँ सोच र आत्मविश्वास देखिएको छ। यसको सकारात्मक प्रभाव चुनावी परिणाममा पर्ने विश्वास छ ।

राजनीतिमा लामो समय समर्पित रहनुको मूल प्रेरणा के हो ?
समाज परिवर्तनको सपना। व्यक्तिगत फाइदाभन्दा सार्वजनिक हित ठूलो हुन्छ भन्ने विश्वास छ, राजनीति मेरो लागि पद होइन, सेवा हो ।

मोरङ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ?
मेरो उद्देश्य स्पष्ट छ—जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास। विगतको काम र भविष्यको योजनाका आधारमा मलाई मूल्याङ्कन गर्नुस्। इमानदार प्रयासलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा राखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.