पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–१ बाट उम्मेद्वारी दिएका छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका उनको चुनाव चिन्ह त्रिभुज हो ।
पुराना दल र नेताले गरेको नीतिगत र संरचनागत कमजोरीलाई सुधार गरेमा देशमै बसेर परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउन राजनीतिमा आएका बस्न्यातसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
उद्यमशीलतामा सक्रिय रहनु भएको व्यक्ति एक्कासी राजनीतिमा आउने निर्णय किन गर्नुभयो ? के कुराले प्रेरित ग¥यो ?
एक्टिभ पोलिटिक्स कहिल्यैपनि मेरो प्लानमा थिएन् । धेरैवटा कुरामा म सरकारसँग एक्लै लडेको छु । बाहिर बसेर लड्दा आवाज नसुनिने रहेछ । यसलाई नेसनल प्लेटफर्ममै लिएर आउनुपर्छ भन्ने भावको कारणले मैले अहिले यो प्लेटफर्म युज गर्ने सोच बनाएको हुँ ।
यसमा मेरो आन्ट्रपे्रेनरसिप एवम स्टार्टअपसँगको लगाव र यसलाई नेपालमा स्थापित गराउनुपर्छ भन्ने मान्यताको कारणले मैले अहिले राजनीतिमा, राजनीति गर्न होइन कि जिम्मेवारी लिनुपर्छ भनेर अगाडि बढेको हुँ ।
कुनै राजनीतिक दलमा आवद्ध नभएर स्वतन्त्र रुपमा उम्मेद्वारी दिने निर्णय किन लिनुभयो ?
सदनमा बसेर मैंले एउटा यो कुरा गलत भइरहेको छ भन्दाखेरि दायाँबायाँ मेरै आफ्नै साथीलाई पनि त्यो वाक्यले चोट पुग्छ कि पुग्दैन भनेर सोच्नुपर्ने हो । जुन एउटा बाध्यतात्मक स्थिति छ । स्वतन्त्र भएर हिँड्दाखेरि त्यस्तो असर पर्दैन भन्ने एकदमै ठुलो डिसिजन लिनको लागि आधार थियो ।
सरकारसँग एक्लै लड्दा आवाज सुनाउन सकिएन भन्नुभयो के कुरा थियो त्यस्तो, जसले तपाईंलाई राजनीतिसम्म आउन बाध्य बनायो ?
कोभिडको बेला जब मान्छेले भीडभाड गर्नु हुँदैन भन्ने अवस्था थियो, त्यतिबेला सरकारले दुई घण्टा बजार खोलेर सबैलाई भीडभाड गरेर तरकारी किन्नु, सामान किन्नु भन्यो । त्यो नीति मलाई मुर्खताजस्तो नै लाग्यो । हामीले त्यतिबेला सरकारलाई भनेका थियौँ, यसरी हुँदैन, यसले केही फाइदा हुँदैन । बरु इ–कमर्स खोल्नुस् । इ–कमर्समार्फत दुरी कायम गरेर घर–घरमा सामान डेलिभरी गर्न सकिन्छ भन्यौं तर सरकारले हाम्रो कुरा सुनेन् ।
त्यसपछि हाम्रो लडाइँ सर्वोच्च अदालतसम्म पुग्यो र इ–कमर्स यसरी रोक्न पाइँदैन, रोक्नु हुँदैन भनेर सर्वोच्चले पनि हाम्रो पक्षमा फैसला ग¥यो । त्यहीँबाट संघर्ष सुरु भयो । पछि इ–कमर्स विधेयक ल्याइयो, जसमा सरकारले अत्यन्तै गलत परिकल्पना गरेको एक्ट ल्यायो । हामीले कोभिडकै समयदेखि त्यसको विरोध गर्दै आयौँ र आज त्यही एक्टका कारण दशौँ हजार युवाहरू आफ्नो सीप र लगानी डुब्ने अवस्थामा पुगेका छन् ।
सरकारले तोकेका सर्त पूरा गर्दा पठाओजस्ता ठूला कम्पनी मात्र टिक्छन् । साना उद्यमी टिक्न सक्दैनन । हामी त्यसको विरुद्ध लड्यौँ, तर सुन्ने कोही भएन । राष्ट्रिय सभामा विद्युतीय व्यापारको छलफल गर्नुपर्ने सांसदहरू विद्युत् व्यापार छलफल गर्ने स्तरमा सीमित हुँदा समस्या झन् गहिरियो । त्यसलाई हटाउनुपर्छ भनेर म लागेको हुँ ।
यसअघिको सरकारले सोसल मिडिया बन्द गर्दा कतिजना मान्छेले यही माध्यमबाट सानोसानो आफ्नो सीप, कला र व्यवसाय बेचेर जीवन चलाइरहनु भएको छ भन्ने कुरा सरकारले गम्भीर रूपमा विचार नै गरेन । त्यसले ती मानिसहरूको जीवनमा कति ठूलो असर पर्छ भन्ने नसोची निर्णय गरियो । म त्यसको विरुद्ध खुलेर आवाज उठाएँ ।
यो आवाज उठाउँदै जाँदा मलाई एउटा कुरा गहिरो रूपमा महसुस भयो, यदि यही प्लेटफर्ममै आएर आवाज उठाइएन भने, त्यो आवाज एकदमै सानो हुँदो रहेछ । त्यसैले म यही प्लेटफर्ममा आएर अहिले आवाज उठाइरहेको छु ।
निर्वाचन जित्न दल वा सञ्जाल आवश्यक हुन्छ भन्ने पनि छ । यसलाई कसरी हेर्नु भएको छ ?
समाजमा दुई प्रकारका मतदाता हुन्छन् । कसैले दललाई भोट दिनुहुन्छ, कसैले उम्मेदवारलाई । म भने यति विश्वस्त छु कि काठमाडौँ–१ का जनताले दललाई होइन, उम्मेदवारलाई भोट दिनुहुन्छ । यही विश्वासले मलाई अझ दृढ बनाएको छ ।
तपाइँका प्रमुख एजेन्डाहरु के के हुन ?
सबैभन्दा पहिला स्टार्टअप र आन्ट्रपे्रनरशिपलाई प्रोटेक्ट गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो । संसारभर आज स्टार्टअप र उद्यमशीलताले ठूलो छलाङ मारिरहेको छ, तर नेपालमा कसैले ‘म केही गर्छु’ भन्नासाथ काम गर्नुअघि नै उसलाई निमोठने प्रयास हुन्छ ।
उदाहरणका लागि, प्लस–टु पढिरहेको कुनै भाइबहिनीले सानो पेन्टिङ बनाएर बेच्न चाह्यो भने आजको डिजिटल युगमा उसले इन्स्टाग्राम वा टिकटकबाट सजिलै बेच्न सक्छ । तर अहिलेको नियमअनुसार उसलाई पहिला कम्पनी रजिस्टर गर्नुपर्छ । त्यहाँ २५–३० हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछि अफिस लिनैपर्छ, अफिस लिएर वडामा दर्ता गर्दा फेरि १०–१५ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछि वर्षमा एकचोटी अडिट रिपोर्ट बुझाउनुपर्छ, अडिटरले ५० हजार रुपैयाँ लिन्छ ।
उसको व्यवसायले केही कमाउन थालेको पनि हुँदैन, तर उसमाथि ७५–८० हजार रुपैयाँको बोझ आइसकेको हुन्छ । जबकि उसले १५ हजार रुपैयाँमा पेन्टिङ बनाएर बेच्दा महिनामा ३० हजार कमाउन सक्छ । त्यो ३० हजार यही देशको अर्थतन्त्रमै घुम्ने हो । तर उसले भन्नुपर्छ मसँग १ लाख छैन, म बिजनेस गर्न सक्दिन, मेरो सीप र मेरो कला देखाउन सक्दिन ।
कोही मान्छे म केही गर्छु भनेर आउँदा सरकारले भन्नुपर्छ, ‘पाँच वर्षसम्म म तिमीबाट कर लिदिन । अडिट मेरो महालेखा परीक्षकले गर्छ । एक रुपैयाँ तिर्नुपर्दैन । लयर चाहियो भने सरकारी वकिल छन् । तिमी खाली आफ्नो सीप र काममा फोकस गर । तिमी लड्यौ भने म उठाउँछु । तिम्रो गल्ती भयो भने तिमीलाई जरिवाना होइन, ट्रेनिङमा पठाउँछु ।’
त्यसरी पाँच वर्षमा एउटा मान्छेले एउटा कम्पनी खडा गर्छ, पाँच जनालाई रोजगारी दिन्छ । तर यहाँ के भइरहेको छ भने एउटा जर्नल इन्ट्री तलमाथि भयो भनेर १०–२० हजार रुपैयाँ जरिवाना लगाइन्छ । यसलाई बदल्नुपर्छ भन्ने मेरो मुद्दा हो ।
यसअघि पनि काठमाडौं क्षेत्र नम्बर–१ मा धेरै नेताले चुनाव जितेका छन् । ति पूराना नेताभन्दा तपाईंसँग के कुरा फरक छ ?
यो प्रश्न मलाई एकदमै रमाइलो लाग्यो । म सिधै सोध्न चाहन्छु तपाईं पहिला आफ्नो घर सफा गर्नुहुन्छ कि छिमेकीको घर ? आजसम्म काठमाडौँ–१ मा सँधै बाहिरका नेताहरू आए, बसे र चुनावपछि सजिलै छाडेर हिँडे । किनभने न उनीहरूको घर यहाँ थियो, न यहाँ जन्मिएका थिए, न यहाँ हुर्किएका, न यहाँका स्थायी बासिन्दा थिए ।
म भने सबै हिसाबले यहीँको हुँ । यहीँ जन्मिएको, यहीँ हुर्किएको, यहीँको बासिन्दा । मैले यहीँ बसेर नेपालमा परिवर्तन सम्भव छ भन्ने कुराको एउटा सानो एजेन्ट बन्न सकेको छु । सायद मबाट केही युवाहरूले ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने विश्वास लिएका छन् ।
हामीले स्टार्टअपमा जस्तै, सानो टिमबाट एक्लै लड्न सुरु गरेका थियौँ । आज लाखौँ मान्छेहरू साथमा छन् । आज मेरो आवाज सानो देखिन सक्छ, तर यो आवाज एकदिन ठूलो बन्छ । नेपालमै बसेर नेपालमै गर्न सकिन्छ भन्ने मान्छेहरूले यो कुरा पक्कै बुझ्नुहुन्छ ।
उद्यमीहरु आफ्नो स्वार्थ पूरा गर्न मात्रै राजनीतिमा आउँछन भन्ने आरोप छ । यस बारेमा तपाईंको धारणा के छ ?
म सधैँ दुईटा कुरा राख्छु । करियर पोलिटिसियन कि पोलिटिसियन विथ करियर, तपाईं कुन छान्नुहुन्छ ? जो विद्यार्थी कालदेखि राजनीतिमै मात्र लाग्यो, न कुनै व्यापार ग¥यो, न जागिर, न सीप सिक्यो, उसले चुनावमा गरेको लगानी उठाउन त अन्ततः कुर्सीमै पुग्नुपर्छ नि त ।
तर पोलिटिसियन विथ करियर भनेको त्यस्तो मान्छे हो, जसले आफ्नो करियर पहिल्यै बनाइसकेको हुन्छ । भोलि चुनावमा तलमाथि भयो भने पनि ऊ फेरि आफ्नै कामधन्दामा फर्कन सक्छ । उसलाई त्यो डर हुँदैन् ।
संसारभर हेर्ने हो भने टेक्नोक्रेटहरूले देश चलाइरहेका छन् । विद्यार्थी राजनीतिबाट आएका पोलिटिसियनले शासन गर्ने अभ्यास त हाम्रो र वरिपरिका केही देशमा मात्र छ । उनीहरूको मुख्य एजेन्डा भनेको नै जसरी पनि कुर्सीमा पुग्ने र कसरी लगानी उठाउने भन्ने हुन्छ । हाम्रो भने त्यस्तो हुँदैन, हामी सेवा गर्छौँ, परिवर्तन गर्छौँ र जनतालाई नेपालमै भविष्य छ भन्ने विश्वास देखाएरै छोड्छौँ ।
स्वतन्त्र सांसद भएर संसद प्रवेश गर्दा नीति निर्माणमा प्रभाव पार्न सकिन्छ जस्तो लाग्छ ?
आवाज उठाउन त सकिन्छ नि । यहाँ दुई तिहाइको सरकार आउँदा पनि नीतिगत तहमा खासै केही परिवर्तन भएन । तर त्यतिबेला पनि आवाज उठेन, किनभने आवाज उठाउँदा पार्टीको ह्वीप लाग्छ भन्ने डर राजनितीक दलका नेताहरुलाई थियो । हामीलाई त्यो डर छैन । हामी आवाज उठाउन सक्छौँ ।
अहिले हामीले जनतालाई स्पष्ट रूपमा भन्नुपर्छ कि कहाँ–कहाँ, के–के गल्ती भइरहेको छ भनेर । कुनै पार्टीको ब्यागेज नबोकी यही आवाज उठाउनका लागि म जान्छु भनेको हुँ, यही जिम्मेवारी म लिन्छु भनेको हुँ ।
एकातिर गोली हान्दा पछाडि आफ्नै साथी घाइते हुन्छ कि भन्ने डरले धेरै नेताहरू चुप लागेर बसेका छन् । मलाई त्यो बाध्यता हुँदैन । अब बिल आउँछ कि आउँदैन भन्ने कुरा होइन । राम्रो बिल हो भने प्राइभेटली टेबल गर्न पनि सकिन्छ । राम्रो बिललाई अहिले छानिन लागेका युवा सांसदहरूले समर्थन पनि गर्नुहुन्छ । केही आउँदैन भन्ने होइन । अलिकति कठिन होला, परिश्रम गर्नुपर्ला । त्यो परिश्रम त मैले यहाँसम्म आइपुग्दा गर्दै आएको छु, फेरि पनि गर्छु ।
ठुला दलका उम्मेदवारहरु तपाईंका प्रतिस्पर्धी छन् । उनीहरुसँग चुनाव जित्न सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सजिलो काम गर्न पक्कैपनि रमाइलो हुँदैन । गाह्रो काम गर्दा मात्रै ऊर्जा र जोस आउँछ । त्यो जोस र ऊर्जा म भित्र भरिएको छ । पूराना दलका पूराना नेताहरूले गरेका पूराना कुरा अब बासी भइसके । अब ताजा कुरा पस्केर खुवाउनुपर्छ ।
यदि चुनाव हार्नुभयो भने त्यसपछिको योजना के छ ?
म पुस्तान्तरणमा विश्वास गर्ने मान्छे हुँ । मैले आफ्नो करियरमा पनि यही अभ्यास गरेको छु । म ४० वर्षको हुँदा नै ह्यान्डओभर गरेर एड्भाइजरी रोलमा जान्छु भनेर बोर्डलाई भनेको थिएँ । बोर्डले एक वर्ष थप्न भन्यो, त्यो एक वर्ष पनि पूरा हुँदैछ । त्यो बेला छोड्छु भनेर मैले पहिल्यै निर्णय गरिसकेको थिएँ । त्यसपछि म आफ्नो हबी फोटोग्राफीमा फर्किन्छु, अध्यात्ममा अलिकति बढी ध्यान दिन्छु भन्ने चाहना पहिलेदेखि नै थियो । त्यसैले मलाई यो छाड्न गाह्रो छैन ।
मैले राम्रोसँग मेरो टिमलाई ट्रेनिङ गरिसकेको छु । टीममा म हुँदा–नहुँदा फरक नपर्ने अवस्थामा छ, सायद मभन्दा अझ राम्रो काम नयाँ सोचबाट गर्न सक्छन् । त्यसैले यो छोड्नु नै छ, र छोड्न मलाई कुनै अप्ठेरो छैन ।
घरदैलोमा जाँदा क्षेत्र नम्बर–१ का जनताको जनभावना कस्तो पाउनु भएको छ ?
अहिलेसम्म मैले घर दैलो गरेको छैन । त्यो गर्ने समय पनि अहिले आएको छैन । तर यहाँका इन्ट्रेस्ट ग्रुपहरू र प्रबुद्ध व्यक्तित्वहरूसँग भेट्दा उहाँहरूको दुई–तीनवटा मात्र प्रश्न छ, फरक के हुन्छ त ?
मैले भनेको छु, कुनैपनि ठूलो संकल्प गर्दा शंख बजाइन्छ । म त्यो शंख बजाउने मान्छे हुँ । त्यो ध्वनि निकाल्नुपर्छ । म नहुँदा पनि त्यो ध्वनि अरूले बोकेर लैजानुपर्छ । मलाई कुर्सी चाहिएको होइन, मलाई चाहिएको मेरो एजेण्डाले नेपालमा केही राम्रो होस् भन्ने हो । उहाँहरूले भन्नुभएको छ । तपाईंको शंखमा हामी ताली बजाउँछौँ, अगाडि बढ्नुस् । काठमाडौँ–१ ले धेरै टुरिस्ट नेताहरू देख्यो । आए, फोहोर गरे, गए । यहाँ न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबै हुँदाहुँदै पनि अटोमेटिक रुपमा हुने विकास मात्र भयो, कुनै ठुलो परिवर्तन भएन । यही परिवर्तनका लागि म उभिएको हुँ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.