×

बाग्लुङको डोय पहाड ‘ब्लु हिल’मा धार्मिक–पर्यटकीय पूर्वाधार निर्माण तीव्र

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

 

काठमाडौं । बाग्लुङ नगरपालिकाको गौरवको आयोजना ‘ब्लु हिल’ परियोजना बागलुङ–९ स्थित डोय पहाडमा तीव्र गतिमा निर्माण भइरहेको छ । नगरपालिकाले आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने लक्ष्यसहित काम अघि बढाएको छ ।

गत वर्षदेखि सुरु भएको ब्ल हिल परियोजना अन्तर्गत नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । डोय पहाडको आँखैअगाडि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको मनमोहक दृश्यले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन प्रेरित गरेको हो ।

बागलुङ–९ का वडाध्यक्ष राजु थापाका अनुसार, अहिले ब्लु हिलमा २० फिटको शिवमूर्ति स्थापना गर्न आवश्यक दुईतला पक्की भवन निर्माण भइरहेको छ ।
‘नगरपालिकाको ठूलो लगानीमा पूर्वाधार निर्माण भइरहेको छ । पहाडमाथि शिवमूर्ति निर्माण गरेर धार्मिक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो,’ उनले बताए।

ब्लु हिल परियोजना अनुसार २५ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । यसमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङ लगायतका अतिरिक्त पूर्वाधार निर्माण गर्ने योजना समावेश छ ।

नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार डोय प्राकृतिक रूपमा सुन्दर भएकाले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए ।
उनले भने, ‘डोय प्राकृतिक रूपमा सुन्दर र हरियालीले भरिपूर्ण छ । यहाँ आँखैअगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर निर्माण भइरहेको पक्की संरचनाले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ ।’

विस्तृत परियोजना प्रतिवेदन अनुसार ब्लु हिलको पूर्ण विकासमा अझ केही समय लाग्ने छ । परियोजना सम्पन्न भएपछि ब्लु हिल धार्मिक र पर्यटकीय दुवै दृष्टिले बागलुङको महत्वपूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा रहेको डोय पहाडको प्राकृतिक सौन्दर्य र निर्माणाधीन पूर्वाधारले यस क्षेत्रलाई पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.