×

पर्यटन क्षेत्र बुझेको मन्त्री नहुँदा सोचे अनुरुप प्रगति नभएको गुनासो

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

 

काठमाडौं । पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएपनि अहिलेसम्म पर्यटनलाई गहनगरी बुझ्ने मन्त्रीको नियुक्ति नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित तनहुँ पर्यटन प्रवद्र्धन समाजको ११ औँ वार्षिक साधारण सभालाई शुभकामना दिँदै उनले पर्यटन क्षेत्र महत्वपूर्ण अंग भनिएपनि अहिलेसम्म पर्यटन बुझेको पर्यटनमन्त्री नआएको बताएका हुन् ।

उनले भने, ‘सरकारी क्षेत्रबाट पर्यटन क्षेत्र महत्वपूर्ण अंग हो यसले देशको विकास गर्छ भनेर भनिराखेको छन् तर अहिलेसम्म पर्यटन बुझेको पर्यटनमन्त्री आउनु भएका छैनन् ।’

सापकोटाले पर्यटन मन्त्रालयमा बजेट छुट्याउँदा अरु मन्त्रालयको भन्दा धेरै थोरै अपुग मात्रामा छुट्याउने गरेको बताए ।

‘जो राजनीतिक नेताहरू पर्यटन मन्त्री बन्छन्, उहाँहरूले विज्ञको प्रयोग गर्नु हुँदैन । महत्वपूर्ण भनिन्छ, तर बजेट छुट्याउँदा त्यो हिसाबले छुट्याइएको हुँदैन । अहिले पनि पर्यटन मन्त्रालयको बजेट हेर्दा अरु मन्त्रालयको भन्दा धेरै थोरै छ,’ उनले भने ।

राज्यले पर्यटनलाई जनताको जीवनस्तर उकास्ने माध्यमका रूपमा प्रयोग गर्न नेतृत्वले बुझ्नुपर्ने उनले बताए ।

उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, प्रभावकारी प्रवद्र्धन, र कर प्रणाली (ट्याक्स र भ्याट) को सुधार आवश्यक रहेको पनि जोड दिए।

‘राज्यले पर्यटनलाई कसरी जनताको जीवनस्तर उकास्न सक्छ भन्ने कुरा हामीले नेतृत्वलाई बुझाउन जरुरी छ । नेपालको पर्यटनको बृद्धि गर्नका लागि पूर्वाधार, प्रवद्र्धन र अवैज्ञानिक ट्याक्स, भ्याटको प्रणाली मिलाउन सक्यो भने नेपालको पर्यटन हामीले सोचेको जस्तो गरी प्रर्वद्धन हुन्छ,’ उनले भने ।

यस्तै, उक्त कार्यक्रममा बोल्दै प्राध्यापक डा.जयराम आचार्यले नेपालको विकासका लागि पर्यटन आधारस्तम्भ भएको भन्दै सम्भावना हुँदा पनि पर्यटन व्यवसाय फस्टाउन नसकेको बताए ।

‘पर्यटन तनहुँको लागि मात्र नभई नेपालका लागि ज्यादै ठुलो सम्भावना भएको क्षेत्र हो । कृषी, पर्यटन, जलस्रोत नेपालको विकासका लागि आधारस्तम्भ हो । तर सम्भावना हुँदा पनि पर्यटन व्यवसाय फस्टाउन सकेको छैन,’ उनले भने ।

उनले पर्यटन प्रवद्र्धनका लागि जनस्तरबाट राम्रो पहल भएपनि राज्यको नीति स्पष्ट हुन नसकेको बताए । तनहुँ पर्यटन प्रवद्र्धन समाजका अध्यक्ष रुद्रराज सिंहको अध्यक्षता भएको कार्यक्रममा अधिकांश वक्ताहरुले तनहुँको पर्यटनका लागि पर्याप्त काम हुन नसकेको र त्यसका लागि सामूहिक प्रयास जरुरी रहेको औंल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.