×

आँसु, आशा र इतिहासको संगम : गगन–विश्वले टेकेका पाइला पछि नेपाली कांग्रेसले देखेको आफ्नै अनुहार गर्वले भरिएको, भावुक र निर्णायक।

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

विशेष महाधिवेशनस्थलमा देखिएको दृश्य केवल एउटा फोटो थिएन—त्यो नेपाली कांग्रेसको वर्तमान मनोविज्ञान थियो। भीडको बीचमा आँखा रसाएका, ओठ थामेर बसेका कार्यकर्ता; ती आँसु व्यक्तिगत पीडाका होइनन्। ती आशा, विश्वास, निराशा र फेरि उठ्ने आँटका सामूहिक आँसु हुन्। त्यो खुशीको आँसु पनि हो—किनकि धेरै समयपछि कांग्रेसले आफ्नै जनआधारको मौन, दबिएको र पीडित स्वर प्रत्यक्ष देख्यो।
गगन थापा र विश्वप्रकाश शर्माले चालेका पाइलाले कांग्रेसलाई पहिलोपटक ऐनामा उभ्याइदियो—आफ्नै अनुहार देख्न बाध्य बनायो।

इतिहासको पानामा सीमित बीपीको नेतृत्व

बीपी कोइरालाको विचार, साहस र नैतिक नेतृत्व नेपाली कांग्रेसको आत्मा हो।
तर आज त्यो आत्मा भाषण, पोस्टर र ब्यानरमा सीमित हुँदै गएको अनुभूति कार्यकर्ताको मनमा गहिरिँदै छ। बीपीले संस्थागत लोकतन्त्र, बहस र असहमतिको सम्मान सिकाए। आज भने असहमति कारबाहीको विषय बन्नु—इतिहासको आत्मा र वर्तमान अभ्यासबीचको गहिरो दूरी हो।
बीपीको नाम जप्नु सजिलो छ, बीपीको बाटो हिँड्नु कठिन। यही कठिनाइबाट भाग्दा कांग्रेस कमजोर भएको छ।

समृद्धिको गफ, विकासको सुस्तता र नातावाद–कृपावाद

समृद्धिका नारा बलिया छन्, तर संगठनभित्र विकासको गति सुस्त छ।
अवसर बाँडफाँडमा नातावाद र कृपावाद हावी हुँदा योग्य, इमानदार र कर्मठ कार्यकर्ता पछाडि परे। यही विसंगतिले संगठनलाई भित्रैबाट थकितबनायो।
महाधिवेशनस्थलमा देखिएको निराश आँखाहरू—यही अन्यायको प्रतिविम्ब हुन्।

अवसरको हत्या र सुतिरहेको नेतृत्व : गगनको आवाज

गगन थापा असहमतिको प्रतीक मात्र होइनन्;
उनी अवसरको समानता, पारदर्शिता र जवाफदेहिताको आवाज हुन्।
तर त्यो आवाजलाई ‘अनुशासन’को नाममा दबाउने प्रयासले नेतृत्वको सुस्तता उजागर गर्‍यो।
अवसरको हत्या हुँदा संगठन सुत्छ।
प्रश्न गर्नेहरू मौन बनाइँदा पार्टी जड बन्छ।
गगनको आवाजले यही जडतालाई हल्लायो र आँसु त्यही हलचलको परिणाम हुन्।

गगन–विश्व–प्रदीप : त्याग, रूपान्तरण र Gen Z को मुद्दा

यी नेताहरूको शक्ति पदमा होइन, त्याग र रूपान्तरणको शैलीमा छ। Gen Z का मुद्दा ,योग्यता, पारदर्शिता, डिजिटल राजनीति, समावेशिता,यी उनीहरूले बोकेका विषय हुन्।पद त्यागेर पनि विचार नत्याग्ने साहस नै नयाँ पुस्तालाई जोड्ने सेतु हो। यही कारण उनीहरू केवल नेता होइनन्,आन्दोलनको चेतना बनेका छन्।

किन यति धेरै आशा गगनप्रति?

किनकि उनीहरू प्रश्न गर्छन्, सुन्छन् र भिड्न डराउँदैनन्। किनकि उनीहरू सत्ता होइन, प्रणाली बदल्ने भाषा बोल्छन्। यही कारण कार्यकर्ता र जनताले उनीहरूमा आफ्नो भविष्य, आफ्नै आवाज र आफ्नै आशा देख्छन्।

निष्कर्ष : वर्तमानबाट भविष्यतर्फ

नेपाली कांग्रेस आज चौराहामा उभिएको छ इतिहासको गौरव र भविष्यको चुनौतीबीच।महाधिवेशनस्थलमा देखिएका आँसु चेतावनी पनि हुन्, विद्रोह पनि,तर विभाजनका लागि होइन, सुधारका लागि। बीपीको आत्मालाई वर्तमानमा फर्काउँदै,
असहमतिको सम्मान,अवसरको न्यायोचित वितरण,
र युवाको आवाजलाई नेतृत्वमा रूपान्तरण गर्न सके।विधि बाँच्यो, विधान चल्यो, र आज कांग्रेसले नयाँ अनुहार देखायो। यो अनुहार डरको होइन ,दृष्टिको हो।
पुरानो सोचलाई विदा गर्दै नयाँ भिजनले ढोका ढकढक्यायो।आज निर्णय भयो, भोलि रूपान्तरण सुरु हुन्छ।यदि यही अनुहारले कांग्रेस फेरि जनतासँग उभिन्छ। नत्र, कांग्रेस इतिहासका किताबमा सुरक्षित रहला तर भविष्य अरूले लेख्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.