रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् ।
मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको बताइन् । सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन हुने केही कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
बजारको माग के छ भन्ने आधारमा कार्यक्रम छनोट हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत रूपमा योजना राख्दा कार्यक्रम प्रभावकारी हुन नसक्ने अवस्था रहेको बताइन् ।
सिमान्तकृत समुदायलाई उद्यमसँग जोड्ने उद्देश्यले मन्त्रालयले केही महत्वाकांक्षी कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले ती कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् ।
प्रदेश सरकार, स्थानीय तह र उद्यमीबीचको सहकार्यमा सञ्चालन हुने कार्यक्रम बढी प्रभावकारी हुन सक्ने धारणा उनले राखिन् ।
छलफलमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले मन्त्रालयमार्फत केही तालिम तथा अनुदानका कार्यक्रम सञ्चालन भए पनि ती पर्याप्त नभएको बताए । अन्य जिल्लाको तुलनामा रामेछापमा केही काम भए पनि त्यसले मात्र नपुग्ने उनको भनाइ थियो ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले कम्तीमा एउटा मात्रै भए पनि देखिने खालको उद्यम सञ्चालन गर्न सकिए काम भएको अनुभूति हुने बताए । नगरमा केही कृषि उद्यमीहरू देखिन थाले पनि उनीहरूको उत्पादनलाई व्यवस्थित उद्यमसँग जोड्न नसकिएको उनले बताए । त्यस्ता उद्यममा मन्थली नगरपालिका ५० प्रतिशतसम्म लगानी गर्न तयार रहेको उनको भनाइ छ ।
स्थानीय व्यवसायी सुरेश उदासले रामेछापमा ठूला मालबाहक गाडीहरू सिन्धुलीबाट प्रवेश गर्न नदिँदा उद्यम तथा व्यवसाय सञ्चालनमा समस्या भइरहेको बताए ।
ठूला मालबाहक गाडी सिधै रामेछापसम्म आउन नपाउँदा ढुवानी खर्च बढ्ने र त्यसको असर उत्पादन तथा उपभोग्य वस्तुको मूल्यमा पर्ने गरेको उल्लेख गर्दै उनले यातायात सहज बनाइदिन आग्रह गरे ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेका विभिन्न उद्योगहरूको स्थलगत अनुगमन गर्दै आवश्यक सुझावसमेत दिएकी थिइन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.