काठमाडौं । नेपालमा प्रत्येक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस यस वर्ष पनि २८ औँ पटक देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइने भएको छ ।
वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
यस वर्षको भूकम्प सुरक्षा दिवस ‘सबै तहका सरकार, सबै नागरिकको तयारी ः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।
दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ अनुसार मूल समारोह समिति, व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
मिति २०८२।०९।२२ गते बसेको प्रचारप्रसार उपसमितिको बैठकले भूकम्पीय जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सोही अनुसार शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरूलाई विभिन्न सचेतनामूलक कार्यक्रम गरी २८ औँ भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन दिइएको छ ।
यस वर्षको मूल समारोह काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिनेछ । सो अवसरमा बसन्तपुर क्षेत्रबाट भूकम्प सुरक्षा र्याली निकालिने छ । र्याली बसन्तपुरबाट सुरु भई आकाश भैरव, इन्द्रचोक, असन र भोटाहिटी हुँदै खुल्लामञ्चमा पुग्ने कार्यक्रम रहेको छ । मूल समारोहमा सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्य रहने जनाइएको छ ।
दिवसको अवसरमा कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनीसमेत आयोजना गरिनेछ । प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको सहभागिता रहनेछ । यसका साथै प्रदेश तथा स्थानीय तहको सक्रियतामा गोष्ठी, छलफल, र्याली, अन्तक्र्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो–भिडियो कार्यक्रमलगायत विविध जनचेतनामूलक गतिविधि देशभर सञ्चालन हुनेछन्।
सरकारले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित भवन निर्माण र राष्ट्रिय भवन संहिताको पूर्ण कार्यान्वयनलाई सशक्त पूर्वतयारीको आधार मानेको छ । कमजोर संरचना भत्किँदा जनधनको ठूलो क्षति हुने भएकाले भूकम्पीय जोखिम न्यूनीकरणमा सबैको साझा जिम्मेवारी रहेको सरोकारवालाहरूले जोड दिएका छन्।
यसैगरी, भूकम्पपछिको सम्भावित अवस्थालाई ध्यानमा राखी द्रुत खोज तथा उद्धार, तालिमप्राप्त जनशक्ति र तत्काल राहत व्यवस्थापनलाई समेत तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि पूर्वतयारीदेखि पुनस्र्थापना सम्मका कार्यहरू विभिन्न निकायबाट निरन्तर रूपमा भइरहेको सरकारले जनाएको छ । सरकारले भूकम्प सुरक्षा दिवसलाई सफल बनाउन सञ्चारजगत्, सरोकारवाला निकाय तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.