×

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

 

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ ।

बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो ।

विशेष महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ६६२ जना, अर्थात् ५६ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।

उद्घाटनकै दिन यति ठूलो संख्यामा प्रतिनिधिको सहभागिता भएपछि विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक बहसलाई तीव्र बनाएको छ ।
तीन महिनाअघि २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । पार्टी केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय नआएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।

यसअघि केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५औँ महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेको छ ।

विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनको दिनमै २ हजार ६६२ प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ । उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई आमन्त्रण गरिए पनि उनीहरू उपस्थित भएनन् ।

यद्यपि सभापति देउवानिकट नेताहरू गोपालमान श्रेष्ठ, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने माग राख्दै आएका २५ जना केन्द्रीय सदस्य भने विशेष महाधिवेशनमा सहभागी भए । अधिकांश वक्ताले शीर्ष नेताहरू बन्दसत्रमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ प्रतिनिधि सहभागी भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.