काठमाडौं । भारतका विभिन्न राज्यहरुमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै पक्षलाई सचेत गराएको छ ।
औषधि व्यवस्था बिभागले मंगलबार एक सुचना जारी गर्दै खोकीको औषधिको बिक्रीवितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो ।
‘भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कोल्डरिफ कफ सिरप’ प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारहरुप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ, ‘उक्त औषधि भारतको स्रेसन फर्मा उत्पादक रहेको जानकारी हुन आएको छ । सो उत्पादक तथा त्यसका उत्पादनहरु विभागमा दर्ता नभएको सबैको जानकारीका लागि अनुरोध छ ।’
यस्ता घटनाहरु विगतमा पनि भई सकेकोले त्यसप्रति विभाग पहिले नै सचेत रहेको जानकारी दिएको छ ।
साथै विभागले नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रयोग गर्दा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ ।
‘नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल ÷ ग्लिसरोल ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथिलीन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै मिति २०७९÷०८÷१२ मा सूचना प्रकाशित गरिएको थियो । यस पश्चात मिति २०८२÷०४÷२१ मा ध्ज्इ कार्य कागजात वमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन भनि सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।
विभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न वमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको छ ः
१. औषधि उत्पादकका लागि:
कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ता (ब्उउचयखभम ख्भलमयच) हरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्नुहुन
उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि वमोजिम भ्तजथभिलभ न्थिअय िर म्ष्भतजथभिलभ न्थिअय िको परीक्षण गरे पश्चात मात्र उत्पादन तथा विक्री वितरण गर्नुहुन
२. औषधि आयातकर्ताका लागि:
नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक ब्याचको भ्तजथभिलभ न्थिअय िर म्ष्भतजथभिलभ न्थिअय िमिसावट नभएको सुनिश्चित गरे पश्चात मात्र आयात तथा विक्री वितरण गर्नुहुन
३. फार्मेसीहरूका लागि :
विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री वितरण गर्नुहुन
४. चिकित्सकहरुका लागि:
विभागमा दर्ता भएका औषधिहरु मात्र उचभकअचष्दभ गर्नुहुन
.दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको
आधारमा मात्र सिफारिस गर्न गराउनु हुन
५. सर्वसाधारणका लागि :
बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुहुन
विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्नुहुन
औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्नुहुन

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.