×

दशैं मान्न मुम्बईबाट घर फर्किएका नौ दिने सन्तानका पिता शिवमको हत्या

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडौं ।  दशैं मनाउन घर फर्किएका एक युवाको वीरगन्जमा हत्या भएको छ । मुम्बईमा काम गर्ने वीरगन्ज–११ रानीघाट निवासी शिवम साह कानुनको मंगलबार राति वीरगन्जको गीता मन्दिर नजिक धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
गीता मन्दिर नजिकै दुई समूहबीच भएको भिडन्तमा शिवमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइएको र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबीचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
गम्भीर घाइते भएका शिवमलाई अस्पताल ल्याउँदा बाटोमै मृत्यु भइसकेको नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले जानकारी दिए ।
शिवमको देब्रे तथा दाहिने घाटी, पिठ्युँ, छातीलगायतका स्थानमा गहिरो चोट लागेको र ती घाउका कारण अत्याधिक रक्तस्राव भई मृत्यु भएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।
शिवमको शरीरमा आधा दर्जनभन्दा बढी चोट लागेको र बाँकी विवरण शवपरीक्षणपछि पुष्टि हुने जानकारी डा.सिंहले दिए ।
मंगलबार राति ११ बजेर ४० मिनेटमा शिवमलाई अस्पताल ल्याइएका थिए भन्ने जानकारी अस्पतालस्थित प्रहरी बिटले दिएको छ । शिवमलाई आकस्मिक कक्षमा ल्याउँदा मृत्यु भइसकेको चिकित्सकहरूले तुरुन्तै जानकारी दिएको सुरक्षाकर्मीहरूले बताएका छन् ।
शिवमको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।
मृतक शिवमकी श्रीमतीले घटस्थापनाकै दिन छोरो जन्माएकी थिइन् । नौ दिने छोराका पिता भएका शिवमलाई उनका दुई साथिले मंगलबार साँझ मेला देखाउन लगेका थिए भन्ने कुरा उनकी श्रीमतीले बताइन् ।
शिवम चार महिना अगाडि मुम्बईबाट घर फर्किएका थिए । शिवमका दाइ सत्यमको करीब एकहप्ता अगाडि दूधमा विष हालेर साथीसँगै हत्या गरिएको परिवारका सदस्यहरूले जानकारी दिएका छन् ।
सत्यमलाई वीरगन्ज–२४ रामगढवा निवासी साथीसँगको योजनामा विषमिश्रित दूध खुवाएर हत्या गरिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिइए पनि हालसम्म कुनै कारबाही नभएको गुनासो परिवारका सदस्यहरूले गरेका छन् ।
दशैंको मेला सुरु भएपछिदेखि नै गीता मन्दिरको पूर्वतर्फ रहेको उत्तर फर्ताको सडक छेउमा प्रहरीले मिलेमतोमा नम्बर बोर्डको जुवा खेलाइँदै आएको थियो । जुवा खेल्ने क्रममा विवाद उत्पन्न भई दुई समूहबीच झडप भएको र सोही झडपमा परी शिवमको मृत्यु भएको हुन सक्ने स्थानीयले आशंका व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.