काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यको पदबाट राजीनामाको घोषणा गरेका छन् ।
मंगलबार उनले जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको भन्दै राजीनामाको घोषणा गरेको बताए ।
उनले भने, ‘म असिम शाह, प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु । गत दिनहरूमा भइरहेको जेन्जी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ ।’
यस्तै, उनले सांसद पद मात्र नभई नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम भएको भन्दै तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु आफ्नो लागि अब सम्भव नरहेको बताए ।
उनले भने, ‘सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु मेरो लागि अब सम्भव रहेन । म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु ।’
संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो भएको भन्दै भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको पनि उनको आरोप छ ।
उनले संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु पुस्ता, मतदाता र देशको भविष्यसँग ठूलो विश्वासघात हुने भन्दै दृढ विश्वासका साथ, यो निर्णय गरेको पनि बताए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.