परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भियतनामबीचको पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप सबल बनाउन प्रत्यक्ष हवाई उडान सुरु गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
शनिबार नेपाल भ्रमणमा आएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँगको भेटमा मन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनी र नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सीधा उडान संचालन गर्न पहल गर्न आग्रह गरिन्। उनले लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी तीर्थयात्री आउने गरेकाले सो सुविधाले दुबै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरिन्।
मन्त्री राणाले सांस्कृतिक सम्पर्कलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै बौद्ध धर्म नेपाल–भियतनाम मैत्री सम्बन्धको बलियो आधार बनेको उल्लेख गरिन्। हालैका वर्षमा भियतनामी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनलाई दुवै देशले प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखिन्।
यसै प्रसंगमा उनले नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्र (LDC) को सूचीबाट बाहिरिने तयारीमा रहेको बताउँदै त्यसपछिका विकास प्रयत्नमा भियतनामको सहयोग अपेक्षा गरिन्। साथै, भियतनामले हासिल गरेको आर्थिक प्रगतिलाई प्रशंसा गर्दै दुबै देशले सांस्कृतिक पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावनाबारे प्रष्ट्याइन्।
भेटका क्रममा मन्त्री राणाले नेपालले सन् २०२७–२०२९ का लागि मानव अधिकार परिषद र २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएको उल्लेख गर्दै समर्थनका लागि आग्रह गरिन्। जवाफमा उपराष्ट्रपति भोले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै नेताबीचको छलफलमा द्विपक्षीय तथा बहुपक्षीय क्षेत्रमा निरन्तर सहयोग गर्ने सहमति व्यक्त गरिएको थियो। दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता साझा एजेण्डामा नेपाल र भियतनामले भविष्यमा पनि घनिष्ठ सहकार्य गर्ने निष्कर्ष निकालिएको मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी, जी–७७ र गुटनिरपेक्ष आन्दोलन (NAM) का सदस्य राष्ट्रका रूपमा दुवै देश विकासशील मुलुकहरूको हित संरक्षणका लागि संयुक्त रूपमा काम गर्दै आएको तथ्य पनि भेटवार्तामा उजागर गरिएको थियो।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.