×

काठमाडौं उपत्यकामा जग्गाको मूल्यमा सरकारी मूल्यांकन बढ्दो, तर बजार मूल्य घट्दो

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

काठमाडौं, भदौ २०८२।
अघिल्ला केही वर्षदेखि काठमाडौं उपत्यकाको घरजग्गा बजार मन्दीमा छ। व्यवसायीहरूको अनुभवमा, कारोबारको चहलपहल घटेको छ र मूल्यमा समेत करिब ३० देखि ५० प्रतिशतसम्म गिरावट आएको छ। तर सरकारी निकायहरूले भने मूल्य घटाएको छैन, बरु थैली मूल्यका नाममा अझै बढाएका छन्।

हालै गरिएको मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकाका धेरै स्थानहरूमा सरकारी मूल्यांकन अझै बढाइएको छ। यद्यपि बजारको वास्तविक अवस्था हेर्दा यो निर्णय प्रतिकूल भएको चर्चा छ।

सरकारी मूल्य कसरी तोकिन्छ ?

देशभर १३५ वटा मालपोत कार्यालयहरूमार्फत जग्गाको मूल्यांकन गरिन्छ, जसमा उपत्यकाभित्र ९ वटा छन्। यी कार्यालयहरूले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठित समिति मार्फत मूल्य निर्धारण गर्छन्। सम्पत्ति करको मूल्यांकन भने स्थानीय तहले गर्छ।

घरजग्गा नामसारी गर्दा मालपोत कार्यालयले थैली मूल्य, सम्पत्ति कर र अघिल्लो कारोबार मूल्यलाई आधार बनाउने गर्छ। मालपोत अधिकारीका अनुसार, एकपटक महँगोमा बिक्री भएको जग्गाको मूल्य पछि घटाएर बेच्न पाइँदैन।

उपत्यकामा कुन ठाउँको मूल्य कति ?

काठमाडौं उपत्यकाको सबैभन्दा महँगो सरकारी मूल्यांकन धरहरा, इन्द्रचोक, ठमेल, दरबारमार्ग लगायत क्षेत्रका मूल सडकमा प्रतिआना ७२ लाख ६० हजार रुपैयाँ रहेको छ। चक्रपथसँग जोडिएका प्रमुख क्षेत्रहरूमा ४० देखि ५७ लाख रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, गौशाला, डिल्लीबजार, त्रिपुरेश्वर, बानेश्वर जस्ता क्षेत्रमा मूल्य प्रतिआना ४० लाखदेखि ५० लाख रुपैयाँसम्म पुगेको छ। उपत्यकाका मुख्य शहरी क्षेत्रहरूमा सरकारी मूल्यांकन अझै उच्च देखिन्छ।

सस्तो मूल्य भएका स्थानहरू

ललितपुरको इकुडोल, आश्राङ र नल्लु जस्ता ग्रामीण क्षेत्रहरूमा सरकारी मूल्यांकन निकै कम छ। कतिपय स्थानमा प्रतिरोपनी मूल्य ४ देखि ५ लाख रुपैयाँ मात्र छ। त्यस्तै, काठमाडौंको जितपुरफेदी, साङ्ला, भक्तपुरको गुन्डु र चाँगुनारायण जस्ता ठाउँमा पनि कम मूल्य निर्धारण गरिएको छ।

तर, सहरीकरण बढ्दै गएसँगै बाहिरी क्षेत्रका मूल्य पनि क्रमशः बढ्दै गएका छन्। धापासी, सैंबु, गोदावरी, महालक्ष्मी क्षेत्र लगायत स्थानमा मूल्य १० देखि २० लाख रुपैयाँ प्रतिआना रहेको छ।

कहाँ कति बढ्यो मूल्य ?

टोखा, बुढानीलकण्ठ, धापासी लगायत क्षेत्रहरूमा १० प्रतिशत हाराहारी मूल्य वृद्धि भएको छ। उदाहरणका लागि, धापासीमा प्रस्तावित रिङरोडसँग जोडिएको जग्गाको मूल्य गत वर्षको ३८ लाख ४६ हजारबाट ४२ लाख ३१ हजार पुगेको छ। ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब २० प्रतिशतले मूल्य बढाइएको छ।

भक्तपुरमा पनि दिव्यश्वरी क्षेत्रजस्ता केही स्थानमा मात्र मूल्य वृद्धि गरिएको छ, अरू ठाउँमा यथावत् राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.