×

माओवादी स्थायी कमिटीमा जनार्दन शर्मा एक्लिए, आत्मालोचनामा अस्वीकार

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

१९ साउन, काठमाडौं — तीन दिन लामो नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। बैठक सकिएपछि उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमार्फत् पार्टी सुदृढीकरणबारे गहिरो छलफल भएको बताएका छन्।

तर बैठकको केन्द्रबिन्दु शर्माकै विषयमा रह्यो। स्रोतहरूका अनुसार, स्थायी कमिटीका अधिकांश सदस्यहरूले उपमहासचिव शर्मामाथि प्रश्न उठाएका थिए। बैठकको एजेण्डामै ‘आन्तरिक एकता’ र ‘शर्मासम्बन्धी मुद्दा’ समावेश भएपछि नेताहरूले धारणा राखे।

प्रायः सबै नेताहरूले शर्माको आलोचना गर्दा, उनलाई समर्थन गर्ने कोही देखिएन। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पनि शर्मालाई आत्मसमीक्षा गर्न आग्रह गरेका थिए। उनले भनेका थिए, “आत्मालोचना कुनै दबाब होइन, यदि तपाईंमा बोध छ भने आत्मसमीक्षा गर्नुहोस्।”

यद्यपि, शर्मा आफूमा दोष रहेको स्वीकार गरे पनि सम्पूर्ण जिम्मेवारी आफ्नै हो भन्नेमा सहमत भएनन्। “मैले मेरो हिस्साको कमजोरी स्वीकार्छु, तर कमजोरी सबैबाट भएको हो,” शर्मा अडिग रहे। यद्यपि, यसपटक उनले पार्टी बैठकको निर्णयपत्रमा हस्ताक्षर गरे, जुन अघिल्लो बैठकहरूमा गरेका थिएनन्।

शर्माले पार्टी निर्माणबारे उठाएका मुद्दाहरूमा छलफल भएको भन्दै यसपटक हस्ताक्षर गरेका हुन्। यो निर्णयलाई कतिपय नेताहरूले सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्।

उपमहासचिव वर्षमान पुनले बैठकले पार्टीभित्र विश्वासको वातावरण बनाएको बताएका छन्। उनका अनुसार, “गुट र उपगुटको राजनीति नगर्ने सहमति भयो। जनार्दन शर्मामाथि कारबाही हुन्छ भन्ने चर्चा हामीले अन्त्य गर्यौं।”

बैठकले पार्टी अनुशासनको पालनामा कडाइ गर्ने निर्णय पनि गरेको छ। नेताहरूले नेतृत्वविरुद्ध अनुशासन विपरीत अभिव्यक्ति दिने प्रवृत्तिलाई सचेत गराउने निर्णय भएको उपमहासचिव हरिबोल गजुरेलले बताए।

जनार्दन शर्माले गत वर्षको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै फरक प्रस्ताव पेस गरेका थिए। उनले पार्टीको निरन्तर ओरालो यात्राको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताउँदै नेतृत्व परिवर्तनको तीनवटा विकल्प अघि सारेका थिए — इच्छाअनुसार नयाँ व्यक्तिलाई नेतृत्व सुम्पनु, दोस्रो पुस्तासहित बिदा लिएर नयाँ पुस्तालाई मौका दिनु वा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नु।

शर्माको प्रस्तावले प्रचण्डलाई गहिरो चुनौती दिएपछि, प्रचण्डले संगठन सुदृढीकरण र एकताको नाममा रणनीति अघि बढाएको देखिन्छ। जिल्लास्तरका बैठक आयोजना, शर्मा विवाद टाल्ने रणनीति र नेतृत्वको पक्षमा माहोल बनाउने प्रयास त्यसकै भाग थियो।

यद्यपि, यो बैठकले न त शर्मालाई आत्मालोचना गरायो, न कारबाहीको तहसम्म पुग्यो। विश्लेषकहरूका अनुसार, प्रचण्डको योजना पूर्णतः कार्यान्वयनमा आएन। तर बैठकले पार्टीभित्र ‘जथाभावी’ बोल्न नपाउने वातावरण बनाएकोले शर्माको लागि अब सजिलो भने नहुन सक्छ।

साथै, विशेष महाधिवेशनको सम्भावना पनि यस बैठकपछि कमजोर हुँदै गएको देखिन्छ। अबको छलफल दशैंपछि बस्ने केन्द्रीय कमिटी बैठकमा हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.