×

नेपाली कांग्रेसभित्र अनुशासनको संकट, गुटबन्दीको गम्भीर असर

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नेपाली कांग्रेस — देशकै पुरानो, लोकतन्त्रका लागि निरन्तर संघर्षरत प्रमुख पार्टी। यसको विगत गौरवमय छ । तर पछिल्ला घटनाक्रमले पार्टीभित्र अनुशासन, विधि, परम्परा र मूल्यहरू कमजोर बन्दै गएका छन् भन्ने सन्देश दिन थालेको छ।

हालै बागमती प्रदेशमा देखिएको राजनीतिक घटनाक्रम यसैको प्रतिविम्ब हो। मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलमा बहुमत गुमाइसकेपछि पनि तत्काल राजीनामा नदिएर पदमा टाँसिरहँदा पार्टीको लोकतान्त्रिक छवि र अनुशासनमा गम्भीर प्रश्न उठेको छ। उनले राजीनामाको साटो आफैँले नियुक्त गरेका मन्त्रीहरूलाई शपथ गराउने सर्त राख्नु, पार्टी नेतृत्वको आग्रह बेवास्ता गर्नु, अनि विधि र नैतिकता कुल्चिनु — यी सबैले कांग्रेसको आन्तरिक अनुशासनमाथि गहिरो चोट पुर्‍याएको छ।

संसदीय प्रणालीमा सरकार प्रमुखको आधार आफ्नै दलभित्रको समर्थन हो। दलमा विश्वास गुमाइसकेपछि पनि कार्यकारी पदमा बसिरहने प्रयास असंवैधानिक मात्र होइन, असंवैधानिक नैतिकताको घोर उपहास पनि हो। पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले लामालाई पद त्याग्न आग्रह गर्दा पनि उनको अटेरी मौनरहँदा पार्टीको अनुशासन प्रणालीको कमजोरी उजागर भएको छ। यतिबेला अनुशासन समिति मात्र रमिते बनेको छ।

यो अवस्थाले पार्टीभित्र गुटबन्दी, सत्ता मोह, र आन्तरिक द्वन्द्व झनै चर्किएको देखिन्छ। लामाको हर्कतप्रति पार्टीले न कुनै कारबाही गर्‍यो, न उनीविरुद्ध अनुशासन प्रक्रिया अघि बढायो। यसरी अनुशासनको अवमूल्यन भइरहँदा पार्टी नेतृत्व मौन रहनुले गम्भीर संकट संकेत गर्दछ।

गुटबन्दीको जालो र नेताहरूको प्रतिस्पर्धा

नेपाली कांग्रेसमा गुटबन्दीको इतिहास पुरानै भए पनि अहिलेको अवस्था निकै भिन्न देखिन्छ। विगतमा शीर्ष नेताहरूबीच वैचारिक मतभेद भए पनि स्थानीय तहसम्म गुटको असर नपुग्ने प्रयास गरिन्थ्यो। तर अहिले पार्टी ‘गुटहरूको क्लब’ जस्तो बन्दै गएको छ। शेरबहादुर देउवा नेतृत्वको समूहसँगै, डा. शेखर कोइरालाको इतर समूह पनि विभाजित अवस्थामा छ। गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहितको अर्को गुट आफ्नै ढंगले सक्रिय छ।

यी सबै गुटहरू पद, अवसर र पहुँचको लागि प्रतिस्पर्धामा छन्। जसका कारण पार्टीका निर्णयहरू जनभावनाको प्रतिनिधित्वभन्दा गुटगत समीकरणमा आधारित भइरहेका छन्। स्थानीयदेखि केन्द्रीय तहसम्म नियुक्ति, ठेक्का–पट्टा, सरुवा, जागिरजस्ता विषयहरूमा गुट विशेषका मानिसको दबदबा देखिन थालेको छ।

नेतृत्वको कमजोरी र जनसम्पर्कमा गिरावट

नेताहरू विमानस्थलदेखि गाउँसम्म आफ्ना ‘गुटका एजेन्ट’ खोज्नतिर लागेका छन्। जनतासँग सिधा सम्पर्कमा जाने नेतृत्वको अभावले पार्टीको जनाधार कमजोर हुँदै गएको छ। पार्टी र जनताबीच दलाल, बिचौलिया र स्वार्थी समूहहरू हाबी भइरहेका छन्, जसले गर्दा कांग्रेसप्रति विश्वास घट्दो छ।

सुधारको आवश्यकता

गुटगत स्वार्थ, अनुशासनहीनता र आन्तरिक द्वन्द्वको घेराभित्र परेको कांग्रेसलाई पुनः सुदृढ बनाउन तत्काल कदम चाल्न आवश्यक छ। अनुशासन प्रणालीलाई बलियो बनाउँदै नेतृत्व तहले गुटभन्दा माथि उठेर सोच्नुपर्छ। विधानमा सुधार, आन्तरिक लोकतन्त्रको अभ्यास, र युवाहरूलाई नेतृत्वमा ल्याउने वातावरण बनाउनु अत्यावश्यक भइसकेको छ।

डॉ. शेखर कोइरालाजस्ता नेतामाथि जनस्तरमा आशा र भरोसा बढ्दै गएको देखिन्छ, तर त्यो विश्वासलाई संस्थागत नेतृत्वमा बदल्न उनले आफूलाई साझा नेता रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। केवल गुट फुटाएर फाइदा लिने होइन, समग्र पार्टीलाई एक ढंगले अघि बढाउने क्षमता देखाउनु अबको चुनौती हो।

निष्कर्ष

लोकतन्त्र केवल चुनाव जित्नु होइन, त्यो भनेको आचरण, नैतिकता र विधिको पालनासँग पनि जोडिएको हुन्छ। नेपाली कांग्रेसको वर्तमान अवस्था यस मूल्यका विरुद्ध देखिन्छ। यदि पार्टीले गम्भीर आत्ममूल्यांकन नगरी समयमै सुधारको मार्ग अपनाएन भने लोकतान्त्रिक परम्परा बोकेको यो ऐतिहासिक दल भविष्यमा अझ कमजोर र बिखण्डनको दिशामा जान सक्ने खतरा देखिन्छ। अब नेतृत्वले ‘पार्टीभन्दा माथि गुट होइन’ भन्ने सन्देश व्यवहारबाट दिनुपर्ने बेला आएको छ।

 

One thought on “नेपाली कांग्रेसभित्र अनुशासनको संकट, गुटबन्दीको गम्भीर असर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.