समाजवाद मोर्चाले आज दिउँसो बैठक बस्ने तयारी गरेको छ। नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालयमा बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ।
मोर्चामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादवको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी सहभागी छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएअनुसार, बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी रणनीति तथा गतिविधि सम्बन्धमा छलफल गरिनेछ।
