×

कञ्चनपुर प्रहरीको वार्षिक प्रगति : लागुऔषध नियन्त्रणदेखि फरार पक्राउसम्म उल्लेखनीय सफलता

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आर्थिक वर्ष २०८१/८२ मा प्राप्त उपलब्धिहरू समेटिएको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, प्रहरीले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, फरार प्रतिवादीको गिरफ्तारी, भन्सार छली नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा उल्लेखनीय कार्य सम्पादन गरेको छ।

गत वर्ष प्रहरी कार्यालयमा विभिन्न ३४ शीर्षकमा ९६४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ६२३ मुद्दा फर्स्यौट भइसकेका छन् भने ३४१ मुद्दा अनुसन्धान प्रक्रियामा छन्। सबैभन्दा बढी १७७ वटा मुद्दा लागुऔषधसम्बन्धी रहेको पाइएको छ। त्यसपछि अभद्र व्यवहार (१४९), आत्महत्या (११५), बैंकिङ कसुर (७२), र साधारण चोरी (६०) रहेका छन्।

प्रहरीका अनुसार कर्तव्य ज्यान (१०), ज्यान मार्ने उद्योग (२५), जबरजस्ती करणी (३६), बहुविवाह (२४) र मानव बेचबिखन तथा ओसारपसार (८) शीर्षकका मुद्दाहरूमा समेत अनुसन्धान भइरहेको छ। लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै, प्रहरीले १७७ मुद्दामा संलग्न २६५ जनालाई पक्राउ गरेको छ। यस क्रममा प्रहरीले ७१८.७४९ ग्राम हेरोइन, २६.८८९ केजी चरेस, १.४२ केजी गाँजा, ४८८ एम्पुल र १२२ ट्याब्लेट लागुऔषध बरामद गरेको छ, जसमा हेरोइनको बरामद अघिल्ला वर्षभन्दा उल्लेखनीय देखिएको छ।

प्रहरीले सवारी चालकहरूले लागुऔषध सेवन गरेका छन् वा छैनन् भनेर जाँच गर्न ‘ड्रग्स किट’ प्रयोग गर्न थालेको छ। चालू वर्षको साउन १ गतेदेखि गरिएको परीक्षणमा ४ जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ।

भन्सार छली नियन्त्रणमा पनि प्रहरीले सक्रियता देखाएको छ। चालू वर्षमा ७ करोड ३९ लाख ५ सय ४७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी सम्बन्धित कार्यालयमा पठाइएको छ, जुन अघिल्लो वर्षभन्दा ६३ लाख रुपैयाँले बढी हो।

अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय प्रगति गरेको छ। कुल ४८७ जना फरार प्रतिवादी पक्राउ परेका छन्, जसबाट १६३ वर्ष २ महिना ११ दिन कैद सजाय र १ करोड ४६ हजार ३०९ रुपैयाँ जरिवाना असुल गरिने देखिएको छ।

महत्त्वपूर्ण अनुसन्धानमध्ये लालझाडी गाउँपालिकाका रामरेसर रानाको हत्या प्रकरण छ, जसमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ। एक जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने दुई जना धरौटीमा रिहा हुन नसकेपछि कारागार चलान गरिएको छ।

ट्राफिक क्षेत्रमा पनि प्रहरीले सक्रियता देखाएको छ। आर्थिक वर्षभरि कञ्चनपुरमा ४५२ सवारी दुर्घटना भएका छन्, जसमा ३८ जनाको मृत्यु र ७७३ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ६९ सवारीसाधनलाई कारबाही गरी १ करोड २ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ हजार ३३० चालक कारबाहीमा परेका छन्।

‘सामुदायिक–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत ८५२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। तीमध्ये लागुऔषध विरुद्ध २६९, मानव बेचबिखन विरुद्ध ४०, घरेलु हिंसा विरुद्ध ३३, र ट्राफिक सचेतनामूलक १४ वटा कार्यक्रम प्रमुख छन्।

प्रहरीले यस अवधिमा अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न ६४ ट्याक्टर र ६ टिप्पर नियन्त्रणमा लिएको छ भने काठ चोरीमा संलग्न ८ जनालाई कारबाही गरिएको छ। साथै, आगलागी, जङ्गली जनावरको आक्रमण, डुबान लगायतका विपद्का घटनामा उद्धार तथा राहतमा पनि प्रहरी सक्रिय रहेको उल्लेख गरिएको छ।

आगामी वर्षमा लागुऔषध तस्करी, साइबर अपराध, अनलाइन ठगी र सवारी दुर्घटना प्रमुख चुनौती हुने भन्दै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यस्ता समस्या नियन्त्रणका लागि लक्षित योजना तयार पारिसकेको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.