×

आफताब आलमविरुद्ध पुनरावेदन सर्वोच्चमा, महान्यायाधिवक्ताको पाँच आधार र नजिरसहित पुनरावेदन दर्ता

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

काठमाडौं — नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ । बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा जलाएको भनिएको घटनामा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले दिएको सफाइ आदेश त्रुटिपूर्ण ठहर गर्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन दर्ता गराएको हो ।

आलमसहित चार जनालाई सफाइ दिने उच्च अदालतको निर्णयविरुद्ध कार्यालयले शुक्रबार सर्वोच्चमा पुनरावेदन पेश गरेको थियो, जुन आइतबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।

उक्त मुद्दामा जिल्ला अदालत रौतहटले आलमसहित अभियुक्तहरूलाई जन्मकैदसहित कैद जरिवाना फैसला सुनाएको थियो । तर उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई सफाइ दिएको थियो ।

उच्च अदालतले प्रमाण नपुगेको, बम विस्फोट नभएको र इँटाभट्टामा जलाएको पुष्टि नभएको लगायतका आधार देखाउँदै सफाइ दिएको थियो । तर महान्यायाधिवक्ता कार्यालयले उक्त फैसला कानुनी दृष्टिले त्रुटिपूर्ण भएको दाबी गर्दै १३ बुँदामा पुनरावेदन गरेको छ ।

कार्यालयले विशेषगरी पाँच आधार प्रस्तुत गरेको छ —

१️⃣ घाइतेको घाउजाँच रिपोर्ट
सफी अहमदले बम विस्फोटको प्रत्यक्षदर्शी भएको बयान दिएका छन् । घटनामा घाइते भएका उनलाई भारतको मोतिहारी अस्पतालमा ‘ब्लास्ट इन्जुरी’ लेखिएको रिपोर्टसहित उपचार गरिएको थियो ।

२️⃣ बिस्फोटको आवाज सुनेर पुगेकाहरूको बयान
धेरै व्यक्तिले बम विस्फोटको आवाज सुनेर घटनास्थलमा पुगेको र त्यहाँ घाइते र मृतक देखेको प्रमाण दिएका छन् । उनीहरूले मृतकहरूलाई जुटको बोरामा राखेर ट्याक्टरमा हालेर इँटाभट्टातर्फ लगिएकोसमेत बयान गरेका छन् ।

३️⃣ बम विस्फोटबाट घाइते गौरीशंकर रामको बयान
घटनामा घाइते भएका गौरीशंकरले आफूमाथि बमको छर्रा लागेको र उपचार भारतमा भएको प्रमाण दिएका छन् ।

४️⃣ घटनास्थलको निरीक्षणमा देखिएका परिवर्तनहरू
मानवअधिकार संस्थाहरूले स्थलगत अध्ययन गर्दा विस्फोट भएको भनिएको गोठघरमा नयाँ छाना, नयाँ भाटा, चर्किएको भित्तो मर्मत गरिएको पाइएको थियो । घटनाबारे जानकारी नदिने धम्कीसमेत स्थानीयले दिएको अधिकारकर्मीहरूले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

५️⃣ मृतक घोषणा प्रमाणपत्र
अदालतले अज्ञात भनिए पनि ओसी अख्तर र त्रिलोकप्रताप सिंहको मृत्यु प्रमाणित गर्ने मृत्यु दर्ता प्रमाणपत्र कार्यालयले पेस गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले चार वटा कानुनी नजिरसमेत प्रस्तुत गरेको छ । तीमध्ये एकमा अप्रत्यक्ष प्रमाणकै भरमा पनि सजाय हुन सक्ने उल्लेख छ । शव फेला नपरेको अवस्थामा पनि हत्याको प्रमाणित हुन सक्ने अर्को नजिर पेश गरिएको छ ।

इन्कारी बयान मात्रको आधारमा अदालत निष्कर्षमा पुग्न नसक्ने भन्दै परिस्थितिजन्य प्रमाणलाई पनि विश्वास गर्नुपर्ने अदालतको पूर्वविवेकलाई उदाहरणस्वरूप प्रस्तुत गरिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चबाट स्थापित नजिर र प्रमाणहरूको आधारमा पुनरावेदन दर्ता गराएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.