×

शिक्षक विधेयक टुंग्याउन समय माग गर्दै संसदीय समिति बैठक पुनः स्थगित

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले आइतबार बोलाइएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक फेरि स्थगित भएको छ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको माग—विशेषतः आवधिक बढुवासम्बन्धी विषयमा अझै छलफल आवश्यक भएको भन्दै थप समय माग गरेपछि विधेयक पारित गर्ने कार्यसूची अघि बढ्न सकेन।

विधेयकमाथि सहमति जुटाउन समिति पटक–पटक बैठक राख्दै आएको छ, तर शिक्षक महासंघले उठाउँदै आएको विभिन्न मागहरूका कारण अहिलेसम्म अन्तिम टुंगो लागेको छैन। यसअघि आन्तरिक प्रतिस्पर्धा र खुला विज्ञापनको अनुपातमा विवाद देखिएको थियो भने यसपटक बढुवा प्रक्रियाले मुख्य अड्चन निम्त्यायो।

बैठकमा सहभागी अधिकांश सांसदहरूले विधेयक लामो समयसम्म अल्झाइराख्न नहुने भन्दै तत्कालै पारित गर्नुपर्नेमा जोड दिएका थिए। तर, सरकारको तर्फबाट सहमतिका लागि समय मागिएपछि बैठक अघि बढ्न नसकेको हो।

समिति सभापति अमर बहादुर थापाले सरकारकै आग्रहअनुसार बैठक स्थगन गरिएको घोषणा गर्दै अबको पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षामन्त्रीलाई निर्देशन दिएका छन्। तर, मन्त्री पन्तले समय सीमा नतोक्न आग्रह गरेका थिए।

शिक्षामन्त्रीले बैठकमा बोल्दै, ‘६०/४० को शिक्षक नियुक्ति फारम्याटमा सहमति भइसकेको छ, तर अन्य विषयमा अझ छलफल आवश्यक छ। टुंगोमा पुग्ने प्रयत्न भइरहेकै छ,’ भनेका थिए।

अब समितिको अर्को बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.