लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले फिर्ता लिएको छ। संघीय सरकारबाट बाहिरिने निर्णयसँगै पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत औपचारिक रूपमा हटाएको हो।
नाउपा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले समर्थन फिर्ताको जानकारी मुख्यमन्त्री चेतनारायण आचार्यलाई इमेलमार्फत पठाइसकेको पुष्टि गरेका छन्। उनले भने, “हामीले समर्थन फिर्ता लिएका छौं, पत्र पनि इमेलमार्फत पठाइसकेका छौं।”
लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद छन्। यद्यपि, पार्टीले समर्थन फिर्ता लिएपनि कांग्रेस–एमाले गठबन्धनको सरकारलाई बहुमतमा असर नपर्ने बताइएको छ।

