×

“बालमैत्री वातावरण बिना समुन्नत राष्ट्र सम्भव छैन” – मुख्यमन्त्री कँडेल

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिकालाई समाजको मेरुदण्डको रूपमा उल्लेख गर्दै उनीहरूको संरक्षण र विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्।

वीरेन्द्रनगर नगरपालिका–८ मा आज आयोजित वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री कँडेलले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले बालबालिकाका हक–अधिकारलाई सुनिश्चित गर्न गम्भीरता देखाउनुपर्ने बताए।

उनको भनाइ थियो, “यदि आज हामीले बालबालिकालाई सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौं भने मात्र भोलिको समुन्नत समाज सम्भव हुन्छ।”

बाल अधिकार र वातावरण संरक्षणलाई परस्पर पूरक विषयका रूपमा जोड्दै उनले स्वस्थ वातावरणमा हुर्किएका बालबालिका नै समृद्ध राष्ट्र निर्माणको आधार बन्ने उल्लेख गरे।

कर्णाली प्रदेश सरकारले बालमैत्री समाजको परिकल्पनालाई व्यवहारमा उतार्न नीति, बजेट र कार्यक्रमहरूमा प्राथमिकता दिइरहेको भन्दै मुख्यमन्त्री कँडेलले बालबालिकाको शिक्षा, स्वास्थ्य, अभिव्यक्ति र सुरक्षाका अधिकार सुनिश्चित गर्न विशेष ध्यान दिइएको जानकारी दिए।

उक्त कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.