ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा नयाँ मोड आएको छ। मितेरी सहकारीको करोडौँ रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसँगको सम्बन्ध पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुवास खत्री नामका अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ।
धादिङको धुनीवेशी नगरपालिका–९ का खत्री अनलाइन फिसिङमार्फत ठगीमा संलग्न रहेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। भण्डारी र खत्री दुवै जनालाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
भण्डारीले मितेरी सहकारीसँग प्रत्यक्ष सम्पर्कविना विदेशबाटै आफूले लिएको रकम फिर्ता गर्ने बहानामा ठगी गरेका थिए। अनलाइनमार्फत विश्वास दिलाएर रकम पठाउन लगाउने क्रममा खत्रीको सहयोग रहेको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिएका छन्।
भण्डारीले विदेशमा रहँदा मितेरी सहकारीका पदाधिकारीहरूलाई बैंक स्टेटमेन्ट, टोकनको फोटोजस्ता कागजात पठाएर करिब ३ करोड ४४ लाख रुपैयाँ ठगी गरेका थिए। सो ठगी रकम खत्रीमार्फत नेपालबाट संकलन गरेर हुन्डीमार्फत विदेश पठाइएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।
सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (नेपाली कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी) मार्फत भण्डारीले मिटर ब्याजमा रकम लिएको र पछि सहकारीकै रकम अपचलन गरेर विदेश पुगेको खुलासा भएको छ। त्यही सम्बन्धकै आधारमा सहकारीका पदाधिकारीहरूलाई भण्डारीसँग सम्पर्क गराइएको थियो।
तर, सम्पर्कपछि भण्डारीले उल्टै ठगी गरेका थिए। सहकारीलाई भुक्तानी गर्ने नाममा बारम्बार रकम तिराउने, ट्याक्स तिर्नुपर्ने बहानामा रकम हाल्न लगाउने काम उनीहरूले गरेका थिए।
सीआईबीका अनुसार भण्डारीसँग कास्की र बर्दियाबाट लिएका दुई फरक नागरिकता र राहदानी रहेको पाइएपछि उनको विरुद्ध लिखतसम्बन्धी कसुरमा समेत अनुसन्धान सुरु गरिएको छ।
प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले भण्डारीविरुद्ध १३ कात्तिक २०८१ मा रेड नोटिस जारी गरेको थियो। त्यसपछि करिब आठ महिनापछि उनी कम्बोडियामा पक्राउ परेका थिए।
यस प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम पनि जोडिएको छ। सीआईबीले उनलाई दुईपटक कार्यालयमै बोलाएर बयान लिएको भए पनि अहिलेसम्म ठोस संलग्नता प्रमाणित हुन सकेको छैन। धनराजले भने आफू उल्टै पीडित भएको दाबी गर्दै सहकारीको रकम तिर्न ऋण लिएको बताएका छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.