×

“पशु कल्याण ऐन छिट्टै ल्याइने : कृषिमन्त्री रामनाथ अधिकारी”

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले पशु कल्याण ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन्। बुधबार एनिमल नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मन्त्रालय यस विषयमा सचेत रहेको र सरोकारवालासँग छलफल गरी चाँडै कानुन ल्याइने प्रतिबद्धता जनाए।

“पशु अधिकारसम्बन्धी ऐनको आवश्यकता महसुस गरिएको छ, त्यसैले अबको प्राथमिकतामा यही विषय पनि समेटिनेछ,” मन्त्री अधिकारीको भनाइ थियो।

उक्त कार्यक्रममा एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाहले नेपालमा पशु कल्याण कानुनको खाँचो निकै गम्भीर रहेको बताउँदै चाँडै कानुन ल्याएर लागू गर्न जोड दिइन्। ऐन बनेपछि पशुपन्छीमाथिको क्रूर र अमानवीय व्यवहार न्यूनीकरण हुने उनले विश्वास व्यक्त गरिन्।

कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत डा. आभास पौडेलले मानव–पशु सम्बन्ध, पशु अधिकार, वर्तमान कानुनी व्यवस्था, र पशु कल्याणसँग सम्बन्धित मापदण्डबारे प्रस्तुति दिएका थिए। उनले विभिन्न संस्थाले आ-आफ्नो तर्फबाट ऐनको माग गर्दै आएको भए पनि एकीकृत महासंघमार्फत आवाज उठाए प्रभाव बढ्ने धारणा राखे।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले हरेक जीवको स्वतन्त्रता र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै पशु कल्याण मापदण्डहरू लागू गर्न आग्रह गरिन्। उनले मापदण्ड भए पनि कार्यान्वयनको अभावमा पशुपन्छीले दुःख भोग्नु परेको उल्लेख गरिन्।

कार्यक्रमले पशु कल्याण ऐनको खाँचो, सरोकार पक्षको चासो र सरकारले चालेको सकारात्मक कदमबारे गम्भीर बहसको वातावरण तयार पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.