×

राष्ट्रपति पौडेलको धारणा: प्रदेश सुदृढ भए मात्रै लोकतन्त्र बलियो बन्छ

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न प्रदेश व्यवस्था मूल आधार भएको बताएका छन्। बुधबार शीतल निवासमा प्रदेश प्रमुखहरूसँगको भेटमा उनले प्रदेशहरूको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलताको आधार भएको स्पष्ट पारे।

उनले प्रदेशहरू सुदृढ भए मात्र संविधानको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए। “सङ्घीय, प्रादेशिक र स्थानीय तहका कानुनहरूको निष्पक्ष कार्यान्वयनमार्फत संविधानको सार्थकता पुष्टि हुन्छ,” राष्ट्रपति पौडेलले भने।

प्रदेश प्रमुखहरूलाई केन्द्र र प्रदेशबीचको समन्वयकर्ताको रूपमा चित्रण गर्दै उनले संघीयताको सेतुको रूपमा उनीहरूको भूमिका उल्लेख गरे। त्यसैले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच नियमित सम्पर्क, संवाद र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

राष्ट्रपतिले प्रादेशिक कानुनहरूको शीघ्र निर्माण र कार्यान्वयनमार्फत परिवर्तनको लाभ चाँडै जनताको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए। उनले भने, “सत्ता संरचनाले मात्र होइन, त्यसको चरित्र जनमुखी, समावेशी र उत्तरदायी हुन जरुरी छ।”

उनले प्रदेश सरकारहरूलाई आन्तरिक स्रोतको उपयोग गर्दै मौलिकता सहितका विकास योजनाहरू अघि बढाउन सुझाव दिए। नागरिकको सम्मान, स्वाभिमान र समृद्धिमा केन्द्रित रहनुपर्ने भन्दै प्रदेश प्रमुखहरूलाई जिम्मेवार र प्रेरणादायी भूमिका निर्वाह गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले सुशासन, प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको मजबूतीका लागि बौद्धिक वर्ग र नागरिक समाजसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, कला, संस्कृति लगायतका क्षेत्रमा सहकार्य र सुझावमार्फत सुधारको खाँचो रहेको बताए।

भेटमा सातै प्रदेशका प्रमुखहरूले आफ्नो कार्यकालमा देखिएका कानुनी अन्योल, व्यवस्थापकीय चुनौती र विभिन्न कठिनाइबारे जानकारी गराउँदै समाधानका लागि राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.