राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगसहित ११ शीर्षकमाथि सामूहिक छलफल सुरु भएको छ।
बैठकमा सांसद भगवती न्यौपानेले बजेट प्रणालीमा सुधार ल्याउन नीतिगत रूपान्तरण आवश्यक रहेको धारणा राखिन्। उनले आवश्यकता र औचित्यका आधारमा परियोजना छनोट गरिने हो भने मात्र पर्याप्त बजेट विनियोजनसँगै विकासमा समानुपातिकता कायम हुने विश्वास व्यक्त गरिन्।
त्यस्तै, सांसद राधेश्याम पासवानले बजेटको स्रोत र आवश्यकता दुवैलाई ध्यानमा राखेर विनियोजन गर्नुपर्नेमा जोड दिए।
आजको बैठकको कार्यसूचीअनुसार छलफल हुने शीर्षकहरूमा निम्न रहेका छन्:
-
राष्ट्रपतिको कार्यालय
-
उपराष्ट्रपतिको कार्यालय
-
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
-
राष्ट्रिय योजना आयोगको सचिवालय
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
-
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
-
युवा तथा खेलकुद मन्त्रालय
-
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
-
गृह मन्त्रालय
-
रक्षा मन्त्रालय
सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन र पारदर्शिता सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै समावेशी तथा क्षेत्रीय सन्तुलनमा आधारित विकासको खाका अघि बढाउन सुझाव दिएका छन्।
