धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७ आठकिलोमा गएराति एक टिपर दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।
पृथ्वी राजमार्ग अन्तर्गत सातकिलोबाट गजुरीतर्फ जाँदै गरेको प्र. ३–०१–०५ ख ९३६३ नम्बरको टिपर शनिबार राति साढे १२ बजे अनियन्त्रित भई सडकबाट झण्डै १० मिटर तल खसेको हो।
दुर्घटनामा टिपर चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खु निवासी ४८ वर्षीय मानकाजी बल र सोही सवारीमा सवार १८ वर्षीय निशान ठकुरी घाइते भएका छन्।
दुवै जनाको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन्।
