पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने तयारीमा रहेकै बेला, असार ३ गते बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पुगेकी थिइन्।
झन्डै एक घण्टा चलेको भेटमा ‘समसामयिक राजनीतिक विषय’ मात्र नभई गहिरो मतभेद समेत देखिएको एमाले स्रोतले बताएका छन्। ती नेताहरूका अनुसार, उक्त भेट पूर्वराष्ट्रपतिले अपेक्षा गरेअनुसार अनुकूल वातावरणमा भएन।
भेटका क्रममा भण्डारीले पार्टी राजनीतिमा सक्रिय हुने स्पष्ट इच्छा व्यक्त गर्दै आगामी महाधिवेशनमा ओलीको साथ खोजेकी थिइन्। तर, ओलीले प्रतिकूल प्रतिक्रिया दिँदै सोधेका थिए – “सहयोग किन गर्नुपर्छ?” भण्डारीको जवाफ थियो – “म नेतृत्वको तयारीमा छु, तपाईंको अघिल्लो समर्थनलाई निरन्तरता दिन चाहन्छु।”
ओली पक्षका नेताहरूका अनुसार भण्डारीको यस्तो प्रस्तावलाई ओलीले चिसो रुपमा अस्वीकार गरेका छन्। भेटपछि भण्डारीले आफूपक्षीय नेताहरूसँग सो कुराकानी सुनाएको पनि खुलेको छ।
स्रोतका अनुसार, ओलीले भण्डारीलाई भनिरहेका छन् – “म अर्को कार्यकाल पनि अध्यक्ष बन्ने तयारीमै छु। तपाईं सक्रिय राजनीतिमा फर्कने कुरा नगरेकै राम्रो।”
भण्डारीले यसपटक एमालेमै पुनः प्रवेश गर्ने अन्तिम तयारी गरेकी छन्। असार १४ गते मदन भण्डारी फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममार्फत् उनी सार्वजनिक घोषणा गर्न सक्ने सम्भावना उल्लेख गरिएको छ।
तर, पार्टी नेतृत्वमा ओली पक्ष भने भण्डारीको पुनरागमन सहज नहोस भन्ने रणनीतिमा लागिरहेको देखिन्छ। हालसम्म भण्डारीको पार्टी सदस्यता नवीकरण केन्द्रबाट स्वीकृत भएको छैन। भण्डारी पक्षले सदस्यता नविकरण भइसकेको दाबी गरे पनि, ओली पक्षले प्रक्रिया ‘त्रुटिपूर्ण’ रहेको बताउँदै रोक लगाएका छन्।
त्यति मात्र होइन, ओली पक्षले पार्टी विधान नै संशोधन गरी भविष्यमा पूर्वराष्ट्रपति तथा सम्मानित पदमा रहेका व्यक्तिहरूलाई पार्टी सदस्य नबनाउने प्रस्ताव अगाडि बढाउने तयारीमा रहेको स्रोतको दाबी छ।
विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन समिति बनेको छ र आगामी साउन १ गते हुने सचिवालय बैठकमा नयाँ प्रस्ताव पेस हुने बताइएको छ। सम्भवतः त्यसै प्रस्तावमार्फत भण्डारीको पुनरागमन रोक्ने कानुनी आधार तय गरिनेछ।
दोस्रोपक्षका नेताहरू भने एमालेभित्र यसअघि रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमालाई कायम राख्नुपर्ने माग गरिरहेका छन्। ओलीले भने भदौमा हुने विधान महाधिवेशनबाट ती प्रावधान हटाई फेरि अध्यक्ष बन्ने तयारीमा लागेका छन्।
यसरी हेर्दा, केही वर्ष अगाडि एकअर्काका विश्वासपात्र रहेका ओली र भण्डारी अहिले एमालेको आन्तरिक राजनीतिमा आमनेसामने उभिने स्थितिमा पुगेका छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.