×

गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षभित्र लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन्।

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित मूल समारोहमा उनले यो जानकारी दिएका हुन्। गृहमन्त्रालय अन्तर्गत विशेष विभाग बनाउने तयारी गरिएको छ।

उनका अनुसार आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधजस्ता घटनाहरूको मूल कारण लागुऔषध हो। त्यसैले यसको न्यूनीकरण र नियन्त्रणमा सरकारले विशेष प्राथमिकता दिएको छ।

देशभरका कैदीमध्ये लागूऔषधसम्बन्धी मुद्दामा परेकाको संख्या दोश्रो ठूलो रहेको भन्दै उनले यो अझै पनि चुनौतीपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै प्रहरी महानिरीक्षक दीपक थापाले लागूऔषध विश्वव्यापी समस्या भएको बताउँदै यसको रोकथाममा नेपाल प्रहरी गम्भीर रहेको बताए। उनले सबैलाई लागुऔषध विरुद्ध एकजुट हुन आग्रह गरे।

थापाका अनुसार बिहीबार मात्रै वीरगञ्जबाट झन्डै साढे तीन सय क्विन्टल चरेश बरामद गरिएको छ र केहीलाई नियन्त्रणमा लिइएको छ।

“स्वस्थ, सम्भ्रान्त र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने नारासहित नेपालमा यो दिवस मनाइएको हो। हरेक वर्ष जुन २६ मा यो दिवस विश्वभर मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.