×

आन्तरिक विवादका कारण काठमाडौँ महानगरको आगामी वर्षको बजेट अन्योलमा, समयमै पेश नहुने पक्का

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट समयमै सार्वजनिक गर्न नसक्ने भएको छ। यो पहिलो पटक हो, जब महानगरले तोकिएको समयभित्र बजेट पेस गर्न असमर्थ हुने पक्का भएको हो।

यसअघि आन्तरिक विवादका बाबजुद पनि प्रत्येक वर्ष असार १० भित्र बजेट ल्याउने गरिएको थियो। तर यसपटक कार्यपालिका बैठकसमेत नबस्न सक्दा बजेटको सम्पूर्ण प्रक्रिया नै अन्योलमा परेको छ। प्रवक्ता नवीन मानन्धरका अनुसार आज नै बजेट प्रस्तुत हुनुपर्ने हो, तर कार्यपालिका बैठकसमेत हुन नसकेकाले बजेट ल्याउन ढिलाइ निश्चित भएको हो।

गत पुसदेखि नै कार्यपालिका बैठक नबसेको जनाइएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयर बालेन्द्र शाह (बालेन)बीचको मतभेदले स्थिति जटिल बनेको छ। मेयर शाहले गुरागाईंलाई नगरसभाको सदस्य सचिवको रूपमा स्वीकार नगरेपछि नगरसभा सञ्चालनमा अवरोध आएको हो। स्रोतका अनुसार मेयरको सचिवालयले गुरागाईंलाई बिदामा बस्न आग्रह गरे पनि उनले अस्वीकार गरेपछि बैठक अघि बढ्न सकेको छैन।

४ असारमा बोलाइएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक पनि सदस्य सचिव नरहने शर्तसहित बोलाइएको थियो, जसका कारण उपमेयर सहितको टोलीले त्यसलाई अस्वीकार गरेको थियो। सो समितिमा उपमेयर डंगोल, प्रवक्ता मानन्धर, वडाध्यक्षहरू ईश्वरमान डंगोल र नवराज पराजुली सदस्य रहेका छन्।

महानगरले अझै बजेट निर्माण प्रक्रिया नै औपचारिक रूपमा सुरु गरिसकेको छैन। कानुन अनुसार चैत १५ भित्र स्रोत निर्धारण भई बजेट सीमा सम्बन्धित वडाहरूमा पठाइनुपर्ने हो। त्यसपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने प्रक्रिया हुने हो। तर हालसम्म न त सीमा निर्धारण भएको छ न त नीति तथा कार्यक्रमको खाका तयार भएको छ।

महानगरका मेयर बालेनको सचिवालयले भने बजेट प्रक्रिया ढिलिनुमा सबै दलसँग समन्वय गर्न जिम्मा दिइएका जनप्रतिनिधिहरूबीच सहमति नजुट्नु मुख्य कारण भएको जनाएको छ। उपमेयर सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, र वडाध्यक्षहरू ईश्वरमान डंगोल तथा नवराज पराजुलीलाई समन्वयको जिम्मेवारी दिइएको भए पनि मिति तय गर्न नसक्दा बैठक बस्न सकेको छैन।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्तसम्म बजेट नगरसभाबाट पारित भइसक्नुपर्छ। तर हालको अवस्थाले हेर्दा समयमै बजेट पारित हुने सम्भावना कम देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.