×

सांसद गणेश पराजुलीसँग अन्तरक्रिया कार्यक्रम अस्ट्रेलियाको मेरिल्याण्ड्स र क्यानबेरामा सम्पन्न

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

क्यानबेरा/सिड्नी – असार ८, २०८२।
काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधित्व गर्ने माननीय सांसद गणेश पराजुलीको सहभागितामा अस्ट्रेलियाको दुई प्रमुख सहर मेरिल्याण्ड्स (NSW)बेल्कोनन, क्यानबेरा (ACT) मा आयोजित अन्तरक्रिया कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्।

Prawas Nepali Samparka Bibhag Australia को संयोजनमा सम्पन्न भएका दुवै कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सांसद पराजुलीलाई खादा र फूलमालासहित भव्य स्वागत गरेका थिए।

शनिबार, २०२५ जुन २१ मा मेरिल्याण्ड्सस्थित ‘The Himalayan Grill and Bar’ मा पहिलो कार्यक्रम सम्पन्न भएको थियो। बिहान १० बजे सुरु भएको सो कार्यक्रममा सांसद पराजुलीले नेपाली प्रवासीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। कार्यक्रमको संयोजन NSW प्रमुख दीपेन्द्र उप्रेतीसचिव सूर्य न्यौपानेले गरेका थिए।

त्यसको भोलिपल्ट, आइतबार २०२५ जुन २२ मा क्यानबेराको बेल्कोननस्थित ‘The Hungry Buddha’ मा दोस्रो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन भएको कार्यक्रममा सांसद पराजुलीले नेपालको समसामयिक राजनीतिक अवस्था, विकास योजनाहरू तथा प्रवासी नेपालीहरूको योगदानबारे धारणा राख्नुभएको थियो। सो कार्यक्रमको संयोजन ACT प्रमुख सुरेन पुरीसचिव मनोज शर्माले गरेका थिए।

कार्यक्रममा बोल्दै सांसद पराजुलीले आउँदो २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल फर्केर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “देशलाई सच्चिने बाटोमा डो-याउन तपाईंहरूको भोटले ठूलो अर्थ राख्छ। देश निर्माणमा योगदान दिनका लागि कृपया समयमै नेपाल फर्केर मतदान गर्नुहोस्।

दुवै कार्यक्रममा सहभागीहरूबाट शिक्षा, रोजगारी, नागरिकता, प्रवासी नीतिजस्ता विषयमा प्रश्नहरू उठाइएका थिए, जसको सांसद पराजुलीले आत्मीय र स्पष्ट जवाफ दिनुभएको थियो।

सहभागीहरूको भनाइमा यस्ता कार्यक्रमहरूले प्रवासी नेपाली र स्वदेशका प्रतिनिधिबीचको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.