काठमाडौं — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर चारदिने भ्रमणका लागि आज बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन्।
दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय संवादमा सहभागिता जनाउन उनी त्यसतर्फ गएकी हुन्।
उपसभामुख रानामगरले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (IDEA), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको संयुक्त आयोजनामा जेठ ५ र ६ गते (जुन १९ र २०) हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना : विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभव’ विषयक संवादमा सहभागिता जनाउने कार्यक्रम छ।
उनी यही जेठ ८ गते नेपाल फर्किने तय गरिएको छ।

