×

नेविसंघको महाधिवेशनबारे कांग्रेसको बैठक निष्कर्षविहीन, संयोजक अनुपस्थित

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन गराउने विषयमा छलफल गर्न सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बोलाए पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेन।

पार्टीले गठन गरेको महाधिवेशन निर्देशन समितिका संयोजक तथा सहमहामन्त्री किशोरसिंह राठोर बैठकमा अनुपस्थित भएपछि छलफल अधुरैमा टुंगिएको हो। बैठकमा नेविसंघको वर्तमान तदर्थ समितिलाई नै महाधिवेशन गर्ने जिम्मा दिने कि नयाँ समिति बनाउने भन्ने विषयमा निर्णय लिने भनिएको थियो।

बैठकमा सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, निर्देशन समितिकी सदस्य प्रतिमा गौतम, विद्यार्थी विभाग प्रमुख राजीव ढुंगाना लगायत सहभागी थिए। सदस्य गौतमले सहमहामन्त्री राठोर स्वास्थ्य कारणले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराइन्।

राठोर यसअघि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको विषयमा असन्तुष्टि जनाउँदै आएका छन्। पार्टीले उनलाई सुरूमा जिम्मेवार बनाएको भए पनि पछि अर्को समिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरेकोप्रति उनले असन्तोष व्यक्त गर्दै आएका थिए।

बैठकमा अब तदर्थ समितिले नभइ निर्देशन समितिले पार्टीको कार्यादेश (T.O.R.) अनुसार महाधिवेशन गर्ने तयारीबारे छलफल भएको जनाइएको छ। निर्देशन समितिले महाधिवेशन गराएर निर्वाचित समिति गठन गरी कार्यभार हस्तान्तरण गर्ने प्रस्तावमा सहमति बनाउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

कांग्रेस केन्द्रीय कार्य समिति बैठक असार १५ गतेका लागि तय गरिएको छ। सो बैठकअघि पुनः छलफल गरी निर्देशन समितिलाई कार्यादेश दिने विषयमा निर्णय गरिनेछ। आगामी बैठकमा पार्टीका शीर्ष पदाधिकारीहरू, निर्देशन समिति र तदर्थ समितिका सदस्यहरू सबैलाई सहभागी गराउने तयारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.