बजेटमाथिको छलफलमा अनुपस्थित रहँदै महत्त्वपूर्ण संसदीय अवसर गुमाएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधि सभामा राजस्व र खर्चको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै डा. महतले बजेट वर्षमा एकपटक आउने भएकाले त्यसलाई गहन रूपमा विश्लेषण गर्नुपर्ने बताए। तर रास्वपाले छलफलमा सहभागी नहुनु जनप्रतिनिधिको जिम्मेवारीबाट पछि हटेको संकेत भएको उनको भनाइ थियो।
उनले भने, “बजेट एउटा यस्तो अवसर हो, जहाँ आर्थिक संरचना, अवसर, चुनौती र प्राथमिकताको समीक्षा हुन्छ। तर रास्वपाका सांसदहरूले तथ्यहिन विषय उठाएर छलफलमा सहभागी नभएर नागरिकलाई नै भ्रममा पार्ने काम गरेका छन्।”
सांसद महतले सत्तापक्षले विपक्षीसँग निरन्तर संवाद गर्दै छलफलको वातावरण बनाउन प्रयास गरे पनि रास्वपाले त्यसमा चासो नदेखाएको बताए। उनले प्रमुख प्रतिपक्ष माओवादी केन्द्र लगायतका दलहरूबाट सक्रिय सहभागिता आएकोमा सन्तोष व्यक्त गरे।
बजेटबारे टिप्पणी गर्दै डा. महतले चालु वर्षको बजेटले अनुशासनहीनता घटाउने प्रयास गरेको, साना आयोजनाहरू हटाउँदै परिणाममुखी बनाउने दिशा लिएको उल्लेख गरे। उनले भने, “बजेटले अब योजना मात्र घोषणाको लागि होइन, कार्यान्वयन र प्रभाव देखिने दिशामा काम गर्नुपर्ने समय आएको छ।”
उनका अनुसार अर्थमन्त्रीले ४ हजारभन्दा बढी योजनाहरू हटाउँदै बजेटलाई केन्द्रित र प्रभावकारी बनाउने कोशिस गरेका छन्, जुन सराहनीय छ।
सांसद महतले अन्त्यमा भने, “अबको आवश्यकता भनेकै परिणाममुखी बजेट हो, जसले समृद्धिको दिशा देखाउन सक्छ।”

