संसदमा चलिरहेको गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा छलफल भइरहेको छ।
यसअघि प्रतिपक्षी दलहरूबीच भएको छलफलमा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव उठेको थियो। अहिले सोही विषयमा प्रतिपक्षी दलका नेताहरू सत्ता पक्षसँग वार्ता गरिरहेका छन्, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्।
रास्वपाले सरकारले समिति गठन गर्ने आश्वासन दिएको आधारमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कुरा अगाडि राखेको छ। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले पत्रकार सम्मेलनमा भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने स्पष्ट पारेका थिए। साथै संसदीय छानबिन समिति बनाउने विषयमा छलफल भइरहेको बताए।
प्रतिपक्षी सांसदहरूले गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै लगातार संसद अवरुद्ध गरिरहेका छन्। रास्वपाले सहमतिका लागि नेपाली कांग्रेसलाई पनि प्रस्ताव पठाएको थियो।
यसैबीच सभामुख देवराज घिमिरेले पनि गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.