काठमाडौं । सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्य सयन्त्रलाई स्रोतका हिसावले अझ बलियो बनाउन आवश्यक रहेको बताएका छन् । विपद्पछिको उद्दार कार्य बलियो नहुँदा थप जनधनको क्षति भइरहेको उनले बताए । गत भदौ महिनाको सीमल तालमा डुबेका दुई वटा वस र पूर्व गृह मन्त्री तथा सचिव माधव घिमिरे चढेको जिप डुबेपछि पत्ता लगाउन नसक्ने जस्ता विपत्ती त्यसको उदाहरण भएको सभामुख घिमिरेको भनाइ छ । हिकारु गौतम फाउण्डेशनले बुधवार काठमाडौंमा आयोजना गरेको ‘गोताखोर सामग्री हस्तान्तरण कार्यक्रम’ मा बौल्दै घिमिरेले विपद्सँग सामना गर्नका लागि शसस्त्र बलको विपद् महाशाखालाई साधन र जनशक्तिले सम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको बताए । विपदको प्रतिकार्यलाई सचेतना र शिक्षा मार्फत समुदायस्तरसम्म पुर्याउन समेत जरुरी रहेको घिमिरेले बताए । फाउण्डेशनले शसस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको उद्दार सामग्रीको काम रचनात्मक भएको उल्लेख गर्दै सभामुख घिमिरेले त्यसलाई सिक्ने र प्रेरणादायी कामको रुपमा आफुले लिएको बताए । उच्च शिक्षा पढ्ने उद्देश्यले विदेश गइरहेका यूवाहरु विदेशमै सेटल हुने प्रबृत्ति चुनौतीको रुपमा विकास भइरहेको हुँदा यस्ता कामले यूवाहरुलाई राष्ट्प्रतिको जिम्मेवारी बोध गराउने उनको भनाई थियो । शसस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेलले पानीजन्य उद्दार (गोताखोर) सामग्री प्रदान गरेकोमा फाउण्डेशनलाई धन्यवाद दिए । दुखद पृष्ठभूमिमा जन्मिएको संस्थाबाट भएको यो काम खुसद र प्रशसंनीय भएको उनको प्रतिक्रिया थियो । यो सामग्री हस्तान्तरण शसस्त्र प्रहरी बलमाथि भएको विश्वास पनि भएको र प्रहरी बलले त्यसरी नै काम गर्ने प्रतिबद्दता उनको थियो । केही दिन अघि कोशीमा दुई गोताखोर गुमाएको र गत वर्ष रोशी खोलाले निम्त्याएको विपदको प्रसङ उठाउँदै पौडेलले यो वर्ष बढी वर्षा हुने अनुमान भएको हुदा सतर्क र सहयोगी भएर उभिनुपर्ने चुनौती थपिएको बताए । उनले १२८ जना गोताखोर, २५ सय बिशेष तालिमप्राप्त सशत्रको जनशक्ति र ३७ हजार फौज पनि तालिम प्राप्त रहेको बताए । विपदकर्तालाई जति बलियो बनायो उत्तिकै विपदकार्य प्रभावकारी बन्न सक्छ । हिकारु गौतम फाउण्डेशनका अध्यक्ष कमल चौलागाईका अनुसार २०५८ सालमा काठमाडौंमा जन्मिएका हिकारु २०७७ मा अमेरिका टेक्सासको ड्याममा माछा मार्ने क्रममा निधन भएको थियो । पानीमा डुबेर ज्यान गुमाउनेहरुको उद्दार गर्नका लागि हिकारुको बहिनीको पहलमा अमेरिकामा सहयोग जुटाइएको अध्यक्ष चौलागाईले बताए । उनले शसस्त्र प्रहरीको विपद् महाशाखासँग समन्वय गरेर उक्त महाशाखालाई सहयोग पुग्ने सामग्री प्रदान गरिएको जानकारी गराए । अध्यक्ष चौलागाईका अनुसार कोभिडकालदेखि नै उक्त फाउण्डेशनले नेपालका अस्पताल, विद्यालय, समुदायलाई सहयोग गर्दै आइरहेको छ । स्व. हिकारु गौतमकी बहिनी सोनिया गौतमले १९ वर्षको दाजु गुमाउदाको पिडालाई सामाजिक सेवामा बदल्ने क्रममा सशस्त्र प्रहरी बलको गोताखोर एकाईलाई केही पानी उद्दार उपकरणको सहयोग गरेको बताइन । गो फण्ड मी अभियानमार्फत अमेरिकामा रहेका ३८ जना दाताहरुको सहयोगमा उद्दारका सामग्री दिन सकेको गौतमले जानकारी दिइन । विपन्न वर्गलाई सहगोग गर्न र विपद् प्रतिक्रिया सुधार गर्न हिकारु गौतम फाउण्डेशन स्थापना गरिएको उनको भनाइ छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.