×

नेपालमा बेरोजगारी र यौन व्यवसाय

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

बिनोद खतिवडा

नेपाल जस्तो विकासोन्मुख देशमा बेरोजगारी, गरिबी, सामाजिक विभेद र लैङ्गिक असमानताको समस्याले जनजीवनलाई गहिरो असर पारिरहेको छ । तीमध्ये खासगरी महिला, तेस्रोलिंगी र आर्थिक रूपमा कमजोर समुदायहरू बेरोजगारीको मारमा परेर दैनिकी चलाउन अप्ठ्यारो अवस्थामा पुगेका छन् । जब बाँच्न र परिवार पाल्नको लागि रोजगारीको वैकल्पिक अवसर हुँदैन, तब मानिसहरू बाध्य भएर यौन व्यवसायतर्फ धकेलिन्छन् । यो व्यवसाय न उनीहरूको रोजाइ हुन्छ, न चाहना नै। यो बाध्यता हो — जीवन यापनको विकल्प नभएको कठिन परिस्थितिको उपज हो। नेपालमा यौन व्यवसायलाई कानुनले वैधता दिएको छैन । न त यो व्यवस्थित पेसा हा े। त्यसैले यस पेसामा संलग्न व्यक्तिहरू कानुनी, सामाजिक र व्यक्तिगत सुरक्षा पाउनबाट वञ्चित छन् । उनीहरूलाई समाजले हेप्ने, हेय दृष्टिले हेर्ने, अपराधी जस्तै व्यवहार गर्ने गरेको पाइन्छ । तर, यथार्थ के छ भने यौन व्यवसाय गर्नेहरू आफैं पनि तिनै समाजका सन्तान हुन्, जसले अन्ततः पेट पाल्न र परिवार चलाउनको लागि बाध्य भएर यो बाटो रोजेका छन् । नेपालको ग्रामीण क्षेत्रबाट सहर पस्ने थुप्रै महिलाहरू शिक्षाको अभाव, सीपको कमी र रोजगारीको अवसर नहुँदा यौन व्यवसायमा आकर्षित भएका छन् ।

धेरै जसो अवस्थामा विवाह विघटन, घरेलु हिंसा, श्रीमानको मृत्यु, अथवा परिवारले बहिष्कार गरेपछि महिलाहरू बाँच्न यौन व्यवसायमा जान बाध्य हुने गरेका छन् । काठमाडौं, पोखरा, धरान, विराटनगर लगायत सहरहरूमा यस्ता घटनाहरू निकै सामान्य बनिसकेको छ । यस्तै, तेस्रोलिंगी तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूले पनि समाजमा पारिवारिक तिरस्कार र रोजगारीको अवसरबाट वञ्चित हुनुपर्दा यौन व्यवसायलाई रोजाइ बनाउनु परेको छ । यस व्यवसायमा लाग्नेहरूका लागि दैनिक जीवन निकै कठिन हुन्छ । उनीहरू सुरक्षित स्थान, स्वास्थ्य सेवा, कानुनी सहायता र सामाजिक सम्मानबाट वञ्चित छन् । ग्राहकबाट धोका, दुर्व्यवहार र शोषण झेल्नु उनीहरूको दैनिकीको हिस्सा बनेको छ । प्रहरी प्रशासनको डर, गिरफ्तारी, दलालहरूको शोषण, र समाजको हेय दृष्टिकोणका कारण उनीहरूको जीवन थप संकटपूर्ण छ । यौन व्यवसायमा संलग्न महिलाहरूले आफ्नो पेशा लुकाउनुपर्छ, परिवार र समाजलाई डराउनुपर्छ, र मानसिक तनावमा बाँच्नुपर्छ ।

स्वास्थ्य जोखिम पनि यौन व्यवसायसँग गहिरोसँग जोडिएको छ । नेपालमा यौन व्यवसायीहरूका लागि सुरक्षित यौन सम्बन्ध, यौनजन्य रोगको उपचार, एचआईभी रोकथाम जस्ता सेवा सहज उपलब्ध छैनन् । केही संघसंस्थाहरूले कन्डोम वितरण, परामर्श सेवा, र स्वास्थ्य परीक्षणको व्यवस्था गरे तापनि पहुँच, सचेतना र खुलेर उपचार गराउने वातावरणको कमीले गर्दा समस्याको समाधान हुन सकेको छैन । यौन व्यवसायमा लाग्ने अधिकांश महिलाहरू स्वास्थ्य जाँच गराउन लाज मान्छन्, डराउँछन् र समाजले तिरस्कार गर्छ कि भनेर थुक्थुकाउँछन् । यसले गर्दा उनीहरू विभिन्न यौनजन्य रोग, मानसिक तनाव र हिंसाको सिकार भइरहेका छन्। सन्तान भएका यौन व्यवसायी महिलाहरूका लागि त समस्या झन् गम्भीर छ । उनीहरू आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन सक्दैनन्, किनभने आफू गरिब छन्, समाजले तिरस्कार गर्छ र छोराछोरीले आमाको पेशाबारे थाहा पाउँदा मानसिक पीडामा पर्छन् भन्ने डर हुन्छ । यस्तो अवस्थामा यौन व्यवसायी महिलाहरू दोहोरो तनावमा बाँच्छन् — एउटा आफ्नो पेट पाल्न, अर्को आफ्ना सन्तानको भविष्य जोगाउन। यौन व्यवसायलाई अपराधको दृष्टिले मात्र हेरेर समाधान खोज्न सकिन्न । बरु यसको मूल जड गरिबी, बेरोजगारी, लैङ्गिक विभेद, सीपको अभाव र सामाजिक भेदभाव हटाउन जरुरी छ । यौन व्यवसायमा लागेकाहरू पनि समाजका नागरिक हुन् र उनीहरूलाई सुरक्षित जीवन, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र आत्मसम्मानसहित बाँच्न पाउने अधिकार छ । यसलाई दीर्घकालीन रूपमा समाधान गर्न राज्य, समाज र सबै सरोकारवालाहरूको साझा प्रयास चाहिन्छ । यौन व्यवसायमा संलग्न व्यक्तिहरूलाई मानव अधिकारको दृष्टिकोणबाट हेर्नु जरुरी छ । उनीहरूको सुरक्षा, स्वास्थ्य र सम्मानित जीवन सुनिश्चित गर्न सरकारले नीति निर्माण गर्नुपर्छ । साथै, यौन व्यवसायमा लागेकाहरूका छोराछोरीलाई शिक्षाको पहुँच दिनु, पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नु, वैकल्पिक रोजगारीका अवसर सिर्जना गर्नु आवश्यक छ ।

यौन व्यवसाय न रोजाइको पेसा हो, न चाहनाको । यो त बाध्यताको परिणाम हो । जब समाजले उनीहरूलाई अवसर दिनेछ, सीप विकास गर्नेछ, गरिबी हटाउनेछ र समान व्यवहार गर्नेछ, तब मात्र यो बाध्यता अन्त्य हुनेछ। त्यसैले यौन व्यवसायीको पीडा बुझ्ने, उनीहरूलाई आत्मसम्मानसहित बाँच्न दिने र समाजको हिस्सा मानेर समावेश गर्ने संस्कार विकास गर्नु आजको अत्यावश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.