पूर्वमन्त्री रायमाझी सहित ७ जना लाई थुनामै राख्ने सर्वोच्चको आदेश ।

ads

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित सात जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय लाई सदर गरेको छ । 

सर्वोच्चका न्यायाधीशद्धय टेक प्रसाद ढुंगाना र कुमार रेग्मीको इजलासले अभियुक्त आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने सम्शेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले बताए ।

ads

गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको पनि उनले बताए। केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई उच्च अदालतले थुनामा नै पठाउन गरेको निर्णय लाई भने सर्वोच्चले सदर गरेको उनले जानकारी दिए ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *