काठमाडौंमा राप्रपाको मसाल जुलुस 

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले काठमाडौंमा मसाल जुलुस प्रर्दशन गरेको छ । गत २७ गतेको जनप्रर्दशनमा निधन भएका नेता ठाकुर प्रसाद डाँगी लाई शहिद घोषणा गर्न दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौं सहित देशभर मसाल जुलुस प्रर्दशन गरेको हो ।

ads

डाँगीको सम्झनामा भोली देशभर स्मृतिसभा गर्ने पनि राप्रपा स्रोतले जानकारी दिएको छ । हिन्दुराज्य स्थापना , संघियताको खारेजी , राजसंस्थाको पुनःस्थापना लगायतको माग राख्दै राप्रपाले सडक र सदन बाट आन्दोलन गर्दै आईरहेको छ ।

सोही आन्दोलनको निरन्तरता स्वरुप आज मसाल जुलुस गरिएको राप्रपा काठमाडौं जिल्लाका अध्यक्ष नबराज सिम्खडाले बताए । उनले राप्रपाले प्रधानमन्त्री लाई बुझाएको ज्ञापनमा उल्लेख भएका ४० बुद्धे माग सहित गृहमन्त्रीको राजिनामा नआउँदा सम्म आन्दोलन चलिरहने स्पष्ट पारे ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *