वेष्ट इण्डिज ए सँग नेपाल हार्नुको ३ कारण

१. फितलो डेथ ओभर बलिङ
टस हारेर पहिले फिल्डीङ गरेको नेपालले १८ औ ओभर सम्म खेल आफ्नो नियन्त्रणमा राखेको थियो । १८ औ ओभर सकिँदा वेष्ट इण्डिज ए ले ११९ रन मात्रै बनाएको थियो । तर डेथ ओभरको १९ औ ओभरमा मा बलिङ गर्न आएका आकाश चन्दले १ ओभरमा १९ रन दिए त्यस बेला सम्म वेष्ट इण्डिज ए ले १३८ रन जोडेको थियो । त्यस पछि २० औ ओभर बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीले २२ रन खर्चीए पछि वेष्ट इण्डिज ए ले सम्मान जनक स्कोर १६१ रनको लक्ष्य दियो ।

ads

२. निरन्तर खराब ब्याटिङ 
अगिल्लो खेलमा २ सय ५ रनको लक्ष्य पुरा गरेको नेपाललाई १६१ रनको लक्ष्य भेटाउन खासै गाह्रो थिएन । तर मध्यम स्तरको लक्ष्य पछ्याएको नेपाली ब्याटरले हरेक मोडमा गल्ती गर्न पुगे । ३ ओभरमा १९ रन बनाएर खेलिरहेको थियो नेपाल, तर चौथो ओभरको पहिलो बलमै ओपनर लोकेश बम घाईते भए पछि मैदान छड्नु परेको थियो । त्यसपछि ओपनर कुशल भुर्तेल र अनिल साह लगातार आउट भए । उपचार पछि मैदान छिरेका लोकेस गुडाकेश मोतीको सिकार हुन पुगे त्यसपिछ क्र््िरजमा आएका कुसल मल्ल पनि खाता नखोली सुन्य रनमै रन आउट हुँदा नेपालले पावर प्ले मै ४ विकेट गुमाएर खराब स्थितिमा पुग्यो । 

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *