फणिन्द्रले ‘फ्लोरक्रस’ गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । उनको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २८ मत परेको छ । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए ।

ads

सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।
उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले मत दिएका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *