समाज

‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा ‘राजाको हात’ बाट बत्ती बालेर गणतन्त्र फाल्छौं
काठमाडौं । व्यवस्था उल्ट्याउने भन्दै आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले यही मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताएका छन् । आज (आइतबार) पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए दावी गरे । उनले फागुन १ […]
पूरा पढ्नुहोस्
भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जाँदैन थियो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट […]
पूरा पढ्नुहोस्
एमाले सांसदको कोशीका मुख्यमन्त्रीलाई प्रश्न “खोला तरेपछि लौरो बिर्सनुभएको हो” ?
२३ कात्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू एमालेकै एजेन्डाअनुसार कोशीमा सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।बिहीबारको प्रदेश सभा बैठकमा एमाले सांसद बुद्धिकुमार राजभण्डारीको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफू एमालेलाई साथै लिएर हिँडेको बताएका हुन्। ‘मुख्यमन्त्री ज्यु पहिले तपाईं प्रदेश केन्द्रले चलाउने होइन भनेर प्रदेशसभामा बुरुक बुरुक गर्नुहुन्थ्यो। अहिले […]
पूरा पढ्नुहोस्मनोज पक्राउपछि एमाले नेता महेश बस्नेतको आयो यस्तो स्टाटस: उनी बार्गेनिङ गर्ने आपराधिक गिरोहका मुख्य योजनाकार हुन्
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका युट्युवर मनोज मानव आपराधिक गिरोहका मुख्य योजनाकार भएको बताएका छन् ।मनोज पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् । केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरुको […]
पूरा पढ्नुहोस्
ब्यापक प्रहरी परिचालन गरी एन्फाको मतदान सुरु
२३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको छ । एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र […]
पूरा पढ्नुहोस्
रेशम चौधरीविरुद्धको रिट पेसीमै चढेन
काठमाडौं । रेशम चौधरीविरूद्धको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरीविरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिएका थिए । क्रूर, […]
पूरा पढ्नुहोस्
जाजरकोट भूकम्पमा ९३७ घरमा पूर्ण क्षति, २,९५४ घरमा आंशिक क्षति,
१९ कात्तिक, काठमाडौं । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ । त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको […]
पूरा पढ्नुहोस्
कांग्रेस नेता प्रदीप पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने,
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । आज एक विज्ञप्ति प्रकाशन गरी सांसद पौडेलले भूकम्पले पु¥याएको विपत्तीमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रुपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो । […]
पूरा पढ्नुहोस्
इजरायली सेना र हिजबुल्लाह बीचको भिडन्तमा नेपाली सेना घाइते
हमासको आक्रमणमा ज्यान गुमाएका थप तीन नेपालीको शव पहिचान भएको छ। इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ । हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । तीमध्ये ५ जनाको […]
पूरा पढ्नुहोस्
महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा (तस्वीरहरु)
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन् । चार दिने नेपालमा भ्रमणका क्रममा रहेका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुगेका […]
पूरा पढ्नुहोस्