


काठमाडौं । आफ्ना श्रीमानको दिनहाडै खुँडा प्रहार गरी हत्या गर्ने योग ढकाल ‘रिगल’ को कैद सजाय मिनाहा भएपछि सर्वोच्च अदालत पुगेकी भारती शेर्पाले मुद्दा जितेकी छन् ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका रिगलको बाँकी कैद सजाय मिनाहा गरेपछि भारती सर्वोच्च मात्र पुगेकी थिइनन्, अनशनमा समेत बसेकी थिइन् । आज (बिहीबार) सर्वोच्चले उनको कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्दा परमादेशको फैसला सुनाउँदा सर्वोच्चमा रहेकी भारती भकानिएर रोएकी छन् । डाँको छोडेर रोएकी उनलाई केही साथीले सम्हालेका छन् । न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहेकी उनले मुद्दा जितेपछि सर्वोच्चको पेटी ढोगेकी छन् ।
ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई दिइएको आममाफी बदरको फैसला गरेको छ । २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भारती अनसन समेत बसेकी थिइन् ।

प्रतिकृया दिनुहोस्