


लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ आइपुगेका हुन् । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै छन् ।

गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन केही समय ढिला हुने भए पनि प्रधानमन्त्री दाहाल पहिले नै यहाँ पुगेका हुन् । पूर्व निर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेस क्याम्पमा भएको ढिलाईले केही समय लाग्ने भएको हो । अन्नपूर्ण बेसक्याम्पबाट गुटेरेस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने र त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्