


असोज १८ गते, काठमाडौं ।
कर्मचारी सञ्चय कोषले विशेष सापटीमा ८.६ प्रतिशत ब्याजदर कायम गरेको छ। कोषले प्रदान गर्ने सञ्चय कोष र निवृत्तिभरण कोष रकममा २०८० श्रावण १ गते देखि नया ब्याजदर ७.५० प्रतिशत हुने व्यवस्था गरेको छ।
यसै गरि सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.२५ व्याजदर लागु भएको छ । सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा भने ९.७५ प्रतिशत ब्याजदर लाग्ने कोषले जनाएको छ ।

धितोमा आधारित सञ्चयकर्ता कर्जाको त्रैमासिक रुपमा व्याज चुक्ता गर्ने सञ्चयकर्ताको हकमा व्याज चुक्ता गरेको त्रैमासको लागि तोकिएको ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था समेत रहेको कोषले जनाएको छ।
कर्मचारी संचय कोषले सामाजिक सुबिधा अन्तर्गत दुर्घटना क्षेतिपुर्ति २ लाख, काजकिरिया अनुदान योजना ४० हजार, संचयकर्ता स्वास्थ्योपचार योजना १० लाख सम्म सोधभर्ना र सुत्केरी तथा शिशु स्याहार सुबिधा बढीमा १५ हजारसम्म दिने ब्यबस्था गरेको छ।

प्रतिकृया दिनुहोस्