


काठमाडौँ । विद्यालय शिक्षा विधेयकका बारेमा भएको विरोध प्रदर्शनपछि सरकार र शिक्षक संघ–संगठनका प्रतिनिधिबिच भएको सहमति कसरी कार्यान्वयन होला भन्नेबारे चासो बढेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले असोज १४ गते बसेको प्रतिनिधिसभा बैठकमा पेस गरेको उक्त विधेयक सार्वजनिक भएसँगै नेपाल शिक्षक महासंघ लगायतका शिक्षक संघ संस्थाहरूले आन्दोलन गरेका थिए ।
असोज २ गतेदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने भनिएको थियो ।त्यस्तै असोज १२ गते राहत शिक्षक, बाल विकास, विद्यालय कर्मचारी, पेन्सन वञ्चित लगायतसँग मन्त्रालयले थप ५ बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई समेत मन्त्रालयले संसदमा विधेयक संशोधनका लागि पठाउन आवश्यक सहजीकरण गर्ने भनिएको थियो ।


प्रतिकृया दिनुहोस्