


काठमाडौं । शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश शेयर गर्दै काठमाण्डौ महानगरपालिका प्रमुख बालेन्द्र शाहले संघीय सरकारलाई ‘चोर सरकार’ को संज्ञा दिएका छन् ।प्रमुख बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ उनले लेखेका छन्, ‘याद राख चोर सरकार ।’

कुन प्रकरणमा बालेनले यस्तो चेतावनी दिएका हुन् भन्ने खुलाएका छैनन् ।

प्रतिकृया दिनुहोस्