


काठमाडौँ / नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको चाहनाले भन्दा पनि अमेरिकाको दवाबमा छानविन अगाडि बढेको आरोप लगाउनुभएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग ‘कफी र कुरा’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारकै डिजाइनमा भ्रष्टाचारका काम भइरहेकाले एमालेले संसद् अवरोध गरेको बताउनुभएको हो ।
सरकारले जे गरिरहेको छ, यसरी देश चल्छ ? ललिता निवास प्रकरणको अनुसन्धान हेर्नुस् त, यसलाई पनि सुशासनमा लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकाले एमालेले संसद् अवरोध गरेको हो,’– उहाँले भन्नुभयो ।
कर्णाली जस्ता भौतिक पूर्वाधार अभावले पछाडि परेका क्षेत्रमा पर्याप्त लगानी गर्न समेत विभेद गरिएको उहाँको भनाइ थियो । कर्णालीको समृद्धिका लागि नेतृत्वको विकास आवश्यक मात्र होइन, अपरिहार्य रहेको उहाँले बताउनु भयो ।
उहाँले कर्णालीबाट राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने लायकका नेताको उत्पादनका लागि समेत नेकपा एमालेले कसरत गरिरहेको जनाउनु भयो ।
कर्णालीको समृद्धि बिना देश समृद्ध हुन नसक्ने उहाँको ठहर थियो । उहाँले सुशासनको गफ दिनेहरूले नै निष्पक्ष रुपमा काम गर्न नसक्दा देशमा थुप्रै समस्याहरू उत्पन्न भएको जनाउनु भयो ।

प्रतिकृया दिनुहोस्