


२५ साउन, काठमाडौं ।
ललितपुरका मेयर चिरिबाबू महर्जनले पाँचौ कवेष्ट स्टेट बैंन्कवेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”को उद्घाटन गर्नुभयो। कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुरका मेयर चिरिबाबू महर्जन लगायत बिभिन्न कलेजका प्राध्यापक, विभिन्न होटलका संचालक तथा म्यानेजरहरु,बैंकका म्यानेजरहरुका साथसाथै बिभिन्न वडाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा नगरका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुलाई बोलाएर बि.एच.एम.
संकायका बिध्यार्थीहरुद्वारा तयार पारिएका भोजन खुवाई प्रतिक्रिया समेत लिएको थियो।

प्रमुख अतिथि मेयर चिरिबाबू महर्जनले यस्ता कार्यक्रमहरुले बिभिन्न संघसस्थाहरु जस्तै कलेज,होटल,बैंक तथा अरु बिभिन्न संस्थाहरुसंग सुद्रिढ सम्बन्ध कायम राख्नुका साथै बिद्यार्थीहरुको सीप विकास तथा ज्ञान वृद्धिमा ठुलो भूमिका खेल्ने गर्दछ भन्ने आफ्नो धाराणा राख्नुभयो।

प्रतिकृया दिनुहोस्