


काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । आज बूढानीलकण्ठस्थित घरमा तामाङकाे शव भेटिएकाे हाे । मृत्युकाे कारण खुलेको छैन ।रोबिनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियाे । निकट स्राेतले साे खबर आधिकारिक भएकाे पुष्टि गर्यो ।

प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र घाेप्टाे परिरहेकाे अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेका थिए । काेठाकाे ढाेका भित्रबाट लगाइएकाे थियाे । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्